नेपाल पत्रकार महासंघको निर्देशन यूके शाखाद्वारा बहिष्कार | Khabarhub Khabarhub

नेपाल पत्रकार महासंघको निर्देशन यूके शाखाद्वारा बहिष्कार


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

बेलायत– नेपाल पत्रकार महासंघको निर्देशन विपरित नेपाल पत्रकार महासंघ यूकेको महाधिवेशन गर्ने तयारी गरिएको छ । 

नेपाल पत्रकार महासंघ बेलायत शाखाको जुलाई १४ मा हुने छैटौँ अधिवेशन स्थगन गर्न महासंघका अध्यक्ष विपुल पोख्रेलले एक पत्र पठाउदै निर्वाचनका सबै प्रकृया रोक्न निर्देशन दिएका थिए ।

अध्यक्ष ध्रुर्वराज अर्याल र महासचिव नरेन्द्र बस्नेतले मंगलबार एक प्रेसवक्तव्य जारी गर्दै अधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रमका कयौँ प्रक्रिया समेत अगाडि बढिसकेको सन्दर्भमा बाँकी प्रक्रिया सुचारु र यथावत रहने स्पष्ट गराएका छन् ।

आवधिक अधिवेशन र निर्वाचनमार्फत नेतृत्व हस्तान्तरण गर्ने कुनै पनि संस्थाको प्रजातान्त्रिक संस्कार र अभ्यासप्रति हामी प्रतिवद्ध छौं, वक्तव्यमा भनिएको छ ।

शाखाले अधिवेशनका सम्बन्धमा अफवाह फैलाउने नियतले सामाजिक सञ्जालमा प्रेषित केही भ्रामक सामग्रीप्रति शाखाको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएको छ ।

साथै, महासंघ केन्द्रको निर्वाचन दुई पटकसम्म पनि निर्धारण भएको मितिमा सम्पन्न हुन नसकेर अनिश्चितकालका लागि स्थगित भएको सन्दर्भमा बेलायत शाखाको अधिवेशन तोकिएकै समयमा गर्ने शाखाले दावी गरेको छ ।

नेपाल पत्रकार महासंघ यूकेका बरिष्ठ उपाध्यक्ष दिनेश परियारले शाखामा सदस्यता विवाद यथावत रहेको र केन्द्रीय प्रतिनिधि समेत नतोकिएको अवस्थामा आइतबार हुने सबै निर्वाचन प्रकृया स्थगन भएको जनाएका छन् ।

शाखाको नेतृत्वका लागि उम्मेदवार बनेका श्याम लुइँटेलले नेपाल पत्रकार महासंघ केन्द्रको निर्देशन अनुसार अघि बढ्दा सबै हित हुने बताए । उनले आबेगमा नभएर समझदारीमा काम गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  २ : ५१ बजे

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’