नेप्सेले पार गर्‍यो २२ सयको विन्दु, कारोबार कति ? « Khabarhub

नेप्सेले पार गर्‍यो २२ सयको विन्दु, कारोबार कति ?


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल स्टक एक्सञ्जेच (नेप्से) ले २२ सयको विन्दु पार गरेको छ । लामो समयदेखि नेप्से १८ सय र २२ सयको बिचमा घुमिरहँदा बिहीबार २२ सयको विन्दु पार गरेको हो । 

नेकपा माओवादीसँगको सत्ता गठबन्धन तोडेर नेकपा एमालेले नेपाली कांग्रेससँग गठबन्धन गरेर सरकार परिवर्तन हुने भएसँगै नेप्सेमा उछाल आएको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाेलि विश्वासको मत लिने र उनले विश्वासको मत नपाउने देखिपछि आज एकै दिन नेप्से २९ अंकले बढेको छ । 

सत्ता गठबन्धन परिवर्तनको संकेतसँगै लगातार बजार बुल ट्रेन्डमा चलिरहेको छ । बिहीबार साताको अन्तिम कारोबारको दिन नेप्से २९.२१ अंकले बढेको हो । आज नेप्से १.२४ प्रतिशतले बढेर २२०४.६१ विन्दुमा पुगेको छ । 

आज बजारमा उछाल आएसँगै लाइफ इन्स्युरेन्स समूहमा पनि उछाल आएको छ । आज एकै दिन लाईफ इन्स्योरेन्स समूह ३१८.६९ अंकले बढेर १०७२७.७३ विन्दुमा पुगेको छ । बिहीबार १३ वटा समूहमध्ये १२ वटा समूहमा उछाल आउँदा लघुवित्त समूह भने २५.९१ अंकले घटेको छ । आज लघुवित्त समूह ०.५३ प्रतिशतले घटेर ४९४७.२४ विन्दुमा पुगेको छ । 

आज निर्जीवन बीमामा पनि लगानीकर्ताको उत्साह तेत्तिकै रहेको छ ।  निर्जीवन समूह आज पनि १११.९० अंकले बढेर १११४२.२१ विन्दुमा पुगेको छ ।  

आज १५४ वटा कम्पनीको शेयर मूल्य बढ्दा ७ अर्ब बढीको कारोबार भएको छ । बिहीबार ७ अर्ब ८ करोड ६ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार हुँदा ७८ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । १२ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज ३३१ वटा कम्पनीको शेयर कारोबार हुँदा २ करोड २ लाख ३७ हजार ७८० कित्ता शेयर ८७ हजार ८६ पटक किनबेच भएको छ । बजारमा उछाल आउँदा ३ वटा शेयर मूल्यमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ३ : २३ बजे

धुलिखेल अस्पतालका कर्मचारी कुटिए

काठमाडौं- सिन्धुपाल्चोकको धुलिखेल अस्पतालमा एक जना कर्मचारी कुटिएका छन् ।

निराशाजनक सिजनसँगै आर्ने स्लटले लिभरपुल छाडे

लण्डन– इंग्लिस क्लब लिभरपुलले मुख्य प्रशिक्षक आर्ने स्लटले तत्काल प्रभावबाट

बजेटमा शिक्षा : पूर्वाधार विकास, नीतिगत सुधार र सुशासनमा नयाँ आशा

काठमाडौं– आगामी आर्थिक वर्षका लागि नेपाल सरकारले ल्याएको बजेटले शिक्षा

काठमाडौं महानगरका एक हजारभन्दा बढी सहकारी सम्पर्कबाहिर

काठमाडौं– काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका एक हजार १८६ वटा संस्था

सगरमाथा दिवसमा मस्कटमा शान्ति पदयात्रा

काठमाडौं– ओमानस्थित नेपाली राजदूतावासले सगरमाथा दिवसका अवसरमा मस्कटको कुरुम समुद्र