नेप्सेले पार गर्‍यो २२ सयको विन्दु, कारोबार कति ? « Khabarhub

नेप्सेले पार गर्‍यो २२ सयको विन्दु, कारोबार कति ?


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल स्टक एक्सञ्जेच (नेप्से) ले २२ सयको विन्दु पार गरेको छ । लामो समयदेखि नेप्से १८ सय र २२ सयको बिचमा घुमिरहँदा बिहीबार २२ सयको विन्दु पार गरेको हो । 

नेकपा माओवादीसँगको सत्ता गठबन्धन तोडेर नेकपा एमालेले नेपाली कांग्रेससँग गठबन्धन गरेर सरकार परिवर्तन हुने भएसँगै नेप्सेमा उछाल आएको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाेलि विश्वासको मत लिने र उनले विश्वासको मत नपाउने देखिपछि आज एकै दिन नेप्से २९ अंकले बढेको छ । 

सत्ता गठबन्धन परिवर्तनको संकेतसँगै लगातार बजार बुल ट्रेन्डमा चलिरहेको छ । बिहीबार साताको अन्तिम कारोबारको दिन नेप्से २९.२१ अंकले बढेको हो । आज नेप्से १.२४ प्रतिशतले बढेर २२०४.६१ विन्दुमा पुगेको छ । 

आज बजारमा उछाल आएसँगै लाइफ इन्स्युरेन्स समूहमा पनि उछाल आएको छ । आज एकै दिन लाईफ इन्स्योरेन्स समूह ३१८.६९ अंकले बढेर १०७२७.७३ विन्दुमा पुगेको छ । बिहीबार १३ वटा समूहमध्ये १२ वटा समूहमा उछाल आउँदा लघुवित्त समूह भने २५.९१ अंकले घटेको छ । आज लघुवित्त समूह ०.५३ प्रतिशतले घटेर ४९४७.२४ विन्दुमा पुगेको छ । 

आज निर्जीवन बीमामा पनि लगानीकर्ताको उत्साह तेत्तिकै रहेको छ ।  निर्जीवन समूह आज पनि १११.९० अंकले बढेर १११४२.२१ विन्दुमा पुगेको छ ।  

आज १५४ वटा कम्पनीको शेयर मूल्य बढ्दा ७ अर्ब बढीको कारोबार भएको छ । बिहीबार ७ अर्ब ८ करोड ६ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार हुँदा ७८ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । १२ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज ३३१ वटा कम्पनीको शेयर कारोबार हुँदा २ करोड २ लाख ३७ हजार ७८० कित्ता शेयर ८७ हजार ८६ पटक किनबेच भएको छ । बजारमा उछाल आउँदा ३ वटा शेयर मूल्यमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ३ : २३ बजे

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) जापानको औपचारिक भ्रमणमा जाने