आईपीओ प्रकरणमा रिलायन्सको तर्क : सेबोनले अद्यावधिक नगर्दा विवरण तलमाथि « Khabarhub

आईपीओ प्रकरणमा रिलायन्सको तर्क : सेबोनले अद्यावधिक नगर्दा विवरण तलमाथि


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रिलायन्स स्पिनिङ मिल्सले नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वित्तीय विवरण अद्यावधिक नगरिदिँदा मिडियाहरूमा प्रकाशित समाचारमा तथ्य फरक परेको जनाएको छ ।

खबरहबले बुधबार ‘आईपीओ जारी गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सका वित्तीय विवरणमा गडबडी’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । प्रकाशित समाचारबारे प्रतिक्रिया दिँदै कम्पनीका प्रबन्ध सञ्चालक अक्षय गोल्यानले अद्यावधिक संसोधित विवरणपत्र तथा संसोधित वित्तीय विवरण सेबोनको वेबसाइटमा नराखिएको कारण फरक परेको बताए ।

रिलायन्सले बुक बिल्डिङ विधिबाट सर्वसाधारणमा ११ लाख ५५ हजार ९६० कित्ता शेयर जारी गर्न खोजेको छ । तर, वित्तीय विवरण र आर्थिक अवस्थालाई लिएर सरोकारवालाहरू संसदीय समितिदेखि अदालतसम्म पुगेपछि कम्पनीको आईपीओ रोकिएको छ ।

सेबोनद्वारा रिलायन्स स्पिनिङ मिल्सको आईपीओ अनिश्चित कालको लागि स्थगित

रिलायन्स स्पिनिङको आईपीओ जारी नगर्न उच्च अदालतको अन्तरिम आदेश

खबरहबमा प्रकाशित समाचारमा कम्पनीले नेपाल धितोपत्र बोर्डमा बुक बिल्डिङको लागि आवेदन दिँदा एउटा वित्तीय विवरण देखाएको र आईपीओ जारी गर्ने स्वीकृति पाइसकेपछि अर्को विवरण सार्वजनिक गरेको उल्लेख छ ।

‘हामीले धितोपत्र बोर्डले निर्देशन दिएअनुसार विगतको नेटवर्थमा पनि परिवर्तन गरेका थियौँ’, गोल्यानले खबरहबसँग भने, ‘त्यो वित्तीय विवरण हामीले सार्वजनिक गरेका थियौँ । तर, बोर्डले सार्वजनिक गरेन, त्यसकारण हाम्रो वित्तीय विवरणमा फरक देखिएको हो ।’

अक्षय गोल्यान

धितोपत्र ऐन बमोजिम प्रतिशेयर नेटवर्थको गणना गर्दा विद्युत प्राधिकरणको पत्र बमोजिमको दायित्व रकम घटाएर गणना गर्नुपर्ने उल्लेख भएकाले नेवटर्थमा फरक परेको कम्पनी गोल्यानको दाबी छ ।

कम्पनीले धितोपत्र बोर्ड र ग्लोबल आईएमई क्यापिटलको वेबसाइटमा प्रकाशित अपरिस्कृत वित्तीय विवरण आश्विन मसान्तसम्मको मात्रै भएको जनाएको छ ।

कम्पनीले धितोपत्र बोर्डको निर्देशानुसार सारा १४ गते विवरणपत्र संसोधन गरी पेश गरेको, तर उक्त संशोधित विवरण बोर्डले सार्वजनिक नगरेको कारण विवरण फरक परेको गोल्यानले बताएका हुन्‌ ।

गोल्यानको बूँदागत दाबीः

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ५ : ५४ बजे

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक