असारे विकास : काठमाडौं महानगरले गरेको कालोपत्रे ११ दिनमै खाल्डैखाल्डा « Khabarhub

असारे विकास : काठमाडौं महानगरले गरेको कालोपत्रे ११ दिनमै खाल्डैखाल्डा


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- बजेट सक्ने नाममा गरिने असारे विकासको परिणाम देखिन थालेको छ ।

काठमाडौं महानगरपालिकाले ११ दिनअघि मात्रै सडकमा गरेको कालोपत्रे अहिले उप्किएर खाल्डैखाल्डा देखिन थालेको छ ।

सडकमा कालोपत्रे हुने भन्दै टाँसिएका सूचना अहिले भित्तामा झुन्डिरहेका छन् । तर ११ दिनअघि बनाइएको सडकको नयाँ कालोपत्रे उप्किएर खाल्डो भएको छ ।

असारे विकास चटारोले गुणस्तरहीन कालोपत्रे गरिएको सडक ११ दिनमै खाल्डोमा परिणत भएपछि स्थानीय रुष्ट भएका छन्।

काठमाडौं महानगरपालिका र स्थानीय क्लबको सहकार्यमा ११ दिनअघि वडा नम्बर २१ को श्रीधर नारायण मन्दिर, गोफल अगाडि (लगन जानेबाटो) सडकमा कालोपत्रे गरिएको थियो ।

कतिपय ठाउँमा कालोपत्रेका नाममा कमसल सामाग्री प्रयोग गरेको परिणाम देखिएको भन्दै स्थानीयले विरोध गरेका हुन् । अहिले कालोपत्रे उप्किएर खाडल भनेका सडकमा पानी जम्न थालेको छ ।

तस्बिरहरू- नेपाल फोटो पुस्तकालय

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ५ : ३४ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति