बजेटबारे राष्ट्रियसभामा विवाद, बैठक स्थगित गरिएपछि चार दलको आपत्ति « Khabarhub

बजेटबारे राष्ट्रियसभामा विवाद, बैठक स्थगित गरिएपछि चार दलको आपत्ति


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय सभाको बैठक सूचना टाँस गरि आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

बिहीबार बोलाइएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार १ बजेर १५ मिनेटमा बस्ने गरी समय तोकेको संघीय संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।

बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक पारित गर्ने कार्यसूची रहेको थियो ।

तर, बजेटसँग सम्बन्धित विधेयकमा संशोधन गर्ने बिषयमा दलहरूबीच विवाद भएपछि बैठक प्रभावित भएको हो ।

यसैबीच राष्ट्रियसभाको बैठक स्थगित भएकोप्रति चार दलले आपत्ति जनाएका छन् ।

कांग्रेस, एमालेसहित जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कार्यव्यवस्था परामर्श समितिको बैठकमा अधिकांश सदस्यको असहमति जनाए पनि अचानक बैठक स्थगित भएको गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

उनीहरूले अर्थमन्त्रीको गलत मनसायका कारण बजेट आश्रित विधेयकहरू पेश हुन नसकेको जनाएका छन् ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ७ : ४५ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि