जब अवतरणका क्रममा जहाजमा लाग्यो आगो… « Khabarhub

जब अवतरणका क्रममा जहाजमा लाग्यो आगो…


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- साउदी एयरलाइन्सको एक यात्रु विमानमा आगो लागेको छ । पाकिस्तानको पेशावरमा अवतरणका क्रममा उक्त जहाजमा बिहीबार दिउँसो आगो लागेको हो ।

जहाजमा सवार रहेका सबै  २७६ यात्रु र २१ जना चालक दलका सदस्यहरूलाई स्लाइडको माध्यमबा सुरक्षित बाहिर निकालिएको छ ।

बाचा खान अन्तरराष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरले बताएअनुसार साउदी एयरलाइन्सको जहाजमा आगो लागेपछि अवतरणका क्रममा टायरनजिकैबाट ज्वालासहित धुवाँको मुस्लो देखिएको थियो। त्यसपछि अग्निनियन्त्रणक र उद्धार टोली विमानस्थलको धावनमार्गमा दौडिएको थियो ।

साउदी एयरलाइन्सले विज्ञप्ति जारी गर्दै रियादबाट पेशावरका लागि गएको उडान नम्बर एसवी ७९२ को एक टायरबाट अवतरणका क्रममा धुवाँ निस्किएको जनाएको छ।

त्यसपछि जहाजलाई तुरुन्त धावनमार्गमै रोकिएको थियो ।  सम्बन्धित अधिकारीले तत्कालै आएर जाँच गरेका थिए । आगो लागेको देखिएपछि सबै यात्रु र चालक दलका सदस्यलाई सुरक्षित बाहिर निकालिएको र कसैलाई पनि चोट नलागेको एयरलाइन्सले जनाएको छ ।

 

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ७ : ५८ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण