डा रुइतलाई श्रीपति समाजसेवा पुरस्कार « Khabarhub

डा रुइतलाई श्रीपति समाजसेवा पुरस्कार


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कास्की – स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा ख्यातिप्राप्त नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई यस वर्षको ‘श्रीपति समाजसेवा राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ ।

पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार दुई सय १७औँ श्रीपति जयन्तीका अवसरमा रुइतलाई प्रदान गर्ने घोषणा गरिएको हो ।

विसं २०७७ देखि सुरु गरिएको यस पुरस्कारको राशि रु दुई लाख २२ हजार दुई सय २२, श्रीपति समाजसेवा पदक र ताम्रपत्र रहेको छ ।

देश र जनताका लागि विपद्मा उद्धार तथा राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान प्रविधि, सामाजिक जागरण, मानवीय सेवा र सामुदायिक विकासको क्षेत्रमा क्रियाशील व्यक्तित्व तथा संस्थालाई पुरस्कार प्रदान गरिँदै आएको श्रीपति कोइराला गुठीका सचिव नवराज कोइरालाले जानकारी दिए।

“मानवीय सेवाका क्षेत्रमा र विशेषगरी आँखा उपचारमा डा रुइतले गर्नुभएको योगदानको कदर गर्दै यस वर्षको पुरस्कार उनलाई प्रदान गर्ने निर्णय गुठीले गरेको हो”, कोइरालाले भने । । गुठीले आगामी साधारणसभामा डा सन्दुकलाई पुरस्कार प्रदान गरिने जनाएको छ ।

पुरस्कृत व्यक्तित्व छनोटका लागि गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाको संयोजकत्वमा समाजसेवी, बुद्धिजीवीसहितका छ सदस्यीय समिति गठन गरेको थियो । छनोट समितिको सिफारिसलाई गुठीको बैठकले अनुमोदनगरी सार्वजनिक गरिएको हो ।

यसअघि यस पुरस्कारबाट माइती नेपाल, राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्मम भवानी नमुना विद्याश्रम र पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भइसकेका छन् ।

पोखराका श्रीपति कोइराला एक सरकारी उच्चपदस्थ कर्मचारी तथा समाजसेवी थिए । सरकारी जागिरकै सिलसिलामा विसं १९२६ मा उनको निधन भएको थियो । कोइरालाको निधनपछि उहाँका सन्तानले सामाजिक कार्यसहित राष्ट्रियस्तरको समाजसेवा पुरस्कार स्थापना गरेर सञ्चालन गर्दै आएको गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ८ : १६ बजे

विश्वप्रकाश भन्छन्- जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण गरेर अघि बढायौँ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण

रूसले क्युबामाथि लगाएको प्रतिबन्धमा वासिङ्टनको विरोध

एजेन्सी– रूसले क्युबामा अमेरिकी प्रतिबन्ध कडा पार्ने सम्भावित परिणामको चेतावनी

तीन सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

भक्तपुर– यहाँको कमलविनायक बसपार्क नजिकै टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन

हतियार र कलमको संयोजनमा खप्पीस स्रष्टा

काठमाडौं – टेकबहादुर तामाङ पूर्वएआईजी हुन् । ०५२ सालमा इन्सपेक्टर