एयर चाइनाको ढाका–बेइजिङ सिधा उडान सुरू | Khabarhub Khabarhub

एयर चाइनाको ढाका–बेइजिङ सिधा उडान सुरू


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

ढाका – बङ्गलादेशको राजधानी ढाका र चीनको बेइजिङ जोड्ने सिधा उडान सुरू भएको छ । सेवाको बुधबार हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक समारोहका साथ उद्घाटन गरिएको छ ।

बङ्गलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री मोहम्मद फारुक खानले एयर चाइना ढाकादेखि बेइजिङ र बेइजिङदेखि ढाकासम्मको सिधा उडानको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ढाकादेखि बेइजिङसम्मको सिधा हवाई उडानले दुई देशबीचको व्यापार विस्तारमा नयाँ आयाम थपिने बताए ।

उनले बङ्गलादेश र चीनबीचको मित्रता, सहयोग, विकास र बढ्दो आवतजावतको प्रमाण यो उडान भएको बताए।

उनले भने, “यो उडानले बङ्गलादेशका जनता, व्यवसायी र विद्यार्थीहरूले सीधै बेइजिङको यात्रा गर्नलाई सहज बनाउनेछ । यसको फाइदा पर्यटन र अन्य व्यावसायिक क्षेत्रमा पनि देखिनेछ ।”

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ८ : ५० बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास