ओलम्पिकको स्वर्ण पदकमा अमेरिकालाई पछि पार्दै चीन शीर्ष स्थानमा « Khabarhub

ओलम्पिकको स्वर्ण पदकमा अमेरिकालाई पछि पार्दै चीन शीर्ष स्थानमा


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

पेरिस – फ्रान्सको पेरिसमा जारी ओलम्पिक प्रतिस्पर्धामा अमेरिका र चीनको स्वर्ण विजेता सूचीमा चर्को प्रतिस्पर्धा देखिएको छ। शनिबार रातिका खेल सकिँदा अमेरिकालाई पछाडि पार्दै स्वर्ण पदकमा चीनले अग्रता लिएको छ। अहिले चीन ३९ स्वर्णसहित शीर्ष स्थानमा छ भने अमेरिका ३८ स्वर्णसहित पछ्याइरहेको छ।

शुक्रबार रातिसम्मका खेल सकिँदा अमेरिका र चीनले समान ३३-३३ स्वर्ण जितेका थिए।

स्वर्णको एक पदकले पछाडि परेको अमेरिकाले ३८ स्वर्ण, ४२ रजत र ४२ नै कास्यसहित १२२ पदक जितेको छ। चीनले भने ३९ स्वर्ण २७ रजत र २४ कास्यसहित ९० पदक जितेको छ। स्वर्णमा चर्को प्रतिस्पर्धा देखिए पनि पदक तालिकामा भने अमेरिका धेरै अगाडि छ।

तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले १८ स्वर्ण पदक जितेको छ भने चौथो स्थानको जापानले समान १८ वटा स्वर्ण जितेको छ।

आयोजक फ्रान्सले १६ स्वर्ण जितेको छ भने यूकेले १४ स्वर्ण जित्दा दक्षिण कोरिया र नेदरल्यान्ड्सलेसमेत समान १३-१३ स्वर्ण जितेका छन्। जर्मनी १२, इटली ११ स्वर्णसहित नवौं र १० औं स्थानमा छन्।

दुई सय बढी देश सहभागी ओलम्पिकमा अहिलेसम्म ८२ देशले पदक जितेका छन्। फुटबलतर्फ महिलाको स्वर्ण अमेरिकाले जितेको छ भने पुरुषतर्फको स्वर्ण स्पेनले लगेको छ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ६ : ०६ बजे

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम