राज्य व्यवस्थासहित पाँचवटा समितिका बैठक बस्दै « Khabarhub

राज्य व्यवस्थासहित पाँचवटा समितिका बैठक बस्दै


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न पाँच समितिका बैठक आज बस्दैछन् । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, राज्य व्यवस्था तथा सुशासन, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका बैठक बस्न लागेका हुन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा तारागाउँ विकास समिति र तरागाउँ रिजेन्सी होटल्स लिमिटेडका सम्बन्धमा छलफल हुनेछ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे नै सिंहदरबारमा बस्नेछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बाढी, पहिरो लगायतका मनसुनजन्य घटना एवं विपद व्यवस्थापन सम्बन्धमा भएका काम कारबाही तथा भावी कार्ययोजना, सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयन कार्ययोजनालगायतका विषयमा छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, आज २ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा सार्वजनिक नीतिका सन्दर्भमा समितिको कार्यक्षेत्र र सीमा सम्बन्धमा राष्ट्रियसभाका सचिवसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ७ : १६ बजे

निर्वाचनको दिन पनि हेलिकप्टर फर्काएर चर्चा बटुले बालेनले

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचनका दिन पनि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता

निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउँछ : मुख्यमन्त्री बानियाँ

बागमती– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका– १८

काठमाडौंमा भोट खसालेर सर्लाहीमा उत्रिए गगन (तस्बिरहरू)

काठमडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४

प्रतिनिधिसभा सदस्य निर्वाचन : सङ्खुवासभामा मतदान जारी

किमाथांका–  प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जिल्लामा मतदान जारी छ ।

मिना खरेलले गरिन् मतदान

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ मिना खरेलले आज चितवन क्षेत्र–२