बडिगाड पहिरो : ५० परिवार विस्थापित | Khabarhub Khabarhub

बडिगाड पहिरो : ५० परिवार विस्थापित


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बाढी पहिरोका कारण बागलुङको बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नम्बर १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् । केही दिन अघि गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था अझै अज्ञात छ ।

विस्थापित परिवारको अहिले बिचल्ली भएको छ । पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति हुनसकेको छैन । बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको छ ।

स्थानीय भीमबहादुर बुढाले गाउँका धेरै घर पहिरोको जोखिममा रहेको हुँदा बस्ती छाडेर अन्तै जानुपरेको बताए । आफ्नो घर वरपरका बस्ती पहिरोको जोखिममा रहेको उनको भनाइ छ ।

विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिकस्थलमा व्यवस्थापन गरिरहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिए ।

उनले गाउँपालिकाले प्रारम्भिक चरणको राहत वितरण गरिरहेको बताए। पालिकाले खाद्यान्न र त्रिपाल, बत्तीलगायत अतिआवश्यक सामग्री उपलब्ध गराएको भन्दै दीर्घकालीन व्यवस्थापनका लागि माथिल्लो तहको सरकारसँग छलफल गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ७ : ३५ बजे

दक्षिणी सुडानको स्थिति सरकारको नियन्त्रण बाहिर

काठमाडौं – सुडानका व्यवसाय, होटेल तथा घरमा आक्रमण हुन थालेको

दुई कम्पनीलाई साधारण शेयर निष्काशनको अनुमति

काठमाडौं– लामो समयदेखि रोकिँदै आएको साधारण शेयर (आईपीओ) निष्काशनका लागि

अनलाइनबाट नागरिकता सिफारिस

म्याग्दी– जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने

बुमराहले च्याम्पियन्स ट्रफी खेल्ने

नयाँ दिल्ली – चोटले सताइएको भारतले आसन्न च्याम्पियन्स ट्रफीमा स्टार

जाडो बढेपछि विद्यालय जान छाडे बालबालिका

जलेश्वर– महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका