खेलकुद

पेरिस ओलम्पिकको महिला म्याराथनमा आज नेपालकी सन्तोषीले प्रतिस्पर्धा गर्दै

By खबरहब

August 11, 2024

काठमाडौं– फ्रान्समा जारी पेरिस ओलम्पिक अन्तर्गत महिला म्याराथनमा आज नेपालकी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दैछिन् । खेल नेपाली समयअनुसार आज मध्याह्न पौने १२ बजे सुरु हुनेछ ।

सन्तोषी युनिभर्सियालिटी कोटाबाट पहिलोपटक ओलम्पिकमा सहभागी भएकी हुन् । सन्तोषीले दश दिन पेरिसमा नै प्रशिक्षण गरेकी छिन् ।

१३औँ दक्षिण एशियाली खेलकुद सागमा सन्तोषीले १० हजार मिटर दौडमा नेपालका लागि ऐतिहासिक स्वर्ण दिलाएकी थिइन् । सागको इतिहासमा नेपाललाई एथलेटिक्सतर्फ स्वर्ण दिलाउने उनी पहिलो महिला खेलाडी हुन्।

यस्तै, बंगलादेशमा भएको बंगबन्धु शेख मुजिव ढाका म्याराथन २०२४ मा उनले स्वर्ण जितेकी थिइन्। निर्धारित दूरी दुई घन्टा ४६ मिनेट २२ सेकेन्डमा पार गरेकी थिइन्।

ओलम्पिकमा सहभागी सात मध्ये ६ खेलाडी नेपाल फर्किसकेका छन् ।