आँखुखोला जलविद्युतको हकप्रद सेयर बिक्री खुला | Khabarhub Khabarhub

आँखुखोला जलविद्युतको हकप्रद सेयर बिक्री खुला


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आजदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ ।

हकप्रद सेयरका लागि कम्पनीले साउन १ गते बुक क्लोज गरिसकेको छ । असार ३१ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

यस कम्पनीले १ः१.५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको हो ।

हकप्रद सेयरमा लगानीकर्ताले भदौ १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।  यो हकप्रद सेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी इस्यूआर रेटिङ बी माइनस प्रदान गरेको छ ।

यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको सङ्केत गर्दछ । कम्पनीको हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ ।

आवेदकले नबिल इन्भेष्टमेन्ट बैंकिङ, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ११ : ३५ बजे

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-१४ स्थित सडकमा अन टेष्ट लेखिएको रिक्सा र

रुसद्वारा पुटिन–ट्रम्प शिखर सम्मेलनका लागि समयसीमा तय नगरेको पुष्टि

एजेन्सी- रुसले युक्रेन युद्धसम्बन्धी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी

पटकासहित एक जना पक्राउ

पर्सा– वीरगन्ज महानगरपालिका-१ बाट करिब १ लाख ३९ हजार ९ सय

गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ

जेनेभा- संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि

आगलागीबाट दुई घर जलेर नष्ट

त्रिशूली– ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर