जनकपुरका बाइस हजार करदाताले बुझाएनन् वार्षिक कर « Khabarhub

जनकपुरका बाइस हजार करदाताले बुझाएनन् वार्षिक कर


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– आन्तरिक राजस्व कार्यालय जनकपुरले व्यावसायिक प्यान नम्बर लिएका २२ हजार करदाताले वार्षिक कर नतिरेको जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ती करदाताले आफैँ कार्यालय आई तिर्नुपर्ने कर नबुझाएको कार्यालयबाट जानकारी प्राप्त भएको छ ।

सो कार्यालयअन्तर्गत ३७ हजार व्यावसायिक करदाता रहेको छ । त्यसमध्येका १५ हजार करदाताले मात्र वार्षिककर अर्थात् (आयव्यय) राजस्व बुझाएको बताइएको छ । कर नबुझाएमा कानुनबमोजिम कारबाही तथा जरिवाना हुने कार्यालयले स्पष्ट गरेको छ ।

यसैगरी,  पटक पटक ताकेता गर्दासम्म  राजस्व नबुझाउने २० वटा उद्योगी तथा व्यावसायिक  फार्ममाथि कानुनी कारबाही गरी गत आर्थिक वर्षमा १० करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख किशोर बर्तौलाले जानकारी दिए ।

लामो समयदेखि नियमानुसार लाग्ने कर दस्तुर नबुझाउने एक सय ७८ व्यावसायिक फार्मलाई  कारबाही गर्ने सूचना जारी गरेपछि २० व्यावसायिक फार्मले कर बुझाएका छन् ।

कार्यालयबाट उपलब्ध तथ्याङ्क विवरणमा सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा राजस्व सङ्कलनमा वृद्धि भएको जनाएको छ । प्राप्त विवरणमा अघिल्लो आर्थिक वर्ष  तीन अर्ब ७० करोडरुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा तीन अर्ब ४४ करोड रुपैयाँ सङ्कलन भएको थियो ।

त्यस्तै गत आर्थिक वर्ष २०८०/८१ मा चार अर्ब ४६ करोड ६३ लाख रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख बर्ताैलाले जानकारी दिए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा करिब ११ प्रतिशतले राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष सो कार्यालयले लिएको लक्ष्यअन्तर्गत आयकरबापतएक अर्ब ४५ करोड ४७ लाख रुपैयाँ , घरभाडाबापत  छ करोड ३५ लाख ६६ हजार रुपैयाँ , ब्याजकरबापत ११ करोड ११ लाख २२ हजार रुपैयाँ , मूल्यअभिवृद्धिकरबाप एक अर्ब ३० करोड १५ लाख ५५ हजार रुपैयाँ , अन्तशुल्कबापत एक अर्ब ५३ करोड ४२ लाख ८७ हजार रुपैयाँ , स्वास्थ्यकरबापत ११ लाख तीन हजार र शिक्षाकरवापत ४९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो ।

प्राप्त विवरणमा गत आव ०८०/८१ मा आयकरबापत एक अर्ब १९ करोड  ३८ लाख ७१ हजार रुपैयाँ , घरभाडाबापत तीन करोड ५० लाख २२ हजार रुपैयाँ, ब्याजकरबापत सात करोड २० लाख ७४ हजार रुपैयाँ, मूल्यअभिवृद्धिकरबापत ९७ करोड ७८ लाख ६२ लाख रुपैयाँ, अन्तशुल्ककरबापत एक अर्ब  ५४ करोड  ६६ लाख २१ हजार रुपैयाँ, स्वास्थ्यकरवापत १५ लाख ३१ हजार रुपैयाँ, शिक्षाकरबापत एक लाख ६८ हजार तथा अन्यकरबापत १२ लाख २६ हजार रुपैयाँ गरी कुल तीन अर्ब ८२ करोड ८३ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १ : २८ बजे

तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौं– बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना

२३ अर्ब बक्यौता तिरेर जुर्मुराउँदै स्वास्थ्य बीमा : संकट टार्न सुविधा थैलीमा कटौती

काठमाडौँ – आम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान

पहिरो पन्छाइएपछि नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं- लगातारको वर्षापछि विभिन्न स्थानमा पहिरो खसेर प्रभावित नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ

कञ्चनपुरमा जापानिज इन्सेफ्‌लाइटिसको जोखिम कायमै

कञ्चनपुर– चार वर्षदेखि जापानिज इन्सेफ्‌लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर– भोजपुर नगरपालिका–१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको