पार्टी रूपान्तरणबारे सबै नेताहरूको एकमत « Khabarhub

पार्टी रूपान्तरणबारे सबै नेताहरूको एकमत


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउन २५ गतेदेखि सुरु भएको माओवादी स्थायी कमिटी बैठकमा नेताहरूले सुझाव दिने क्रम जारी छ ।

आइतबार भएको स्थायी कमिटी बैठकमा पनि बोल्ने क्रममा अधिकांश नेताले पार्टी रूपान्तरण भएर जानुपर्ने एजेन्डामा पूर्ण रूपमा सहमति जनाएका छन् ।

पूर्व माओवादीहरूले नै माओवादी पार्टी राम्रो भन्न छोडेकाले नेताहरूले पार्टी सचिएर रूपान्तरण भएर जानुको विकल्प नभएको अधिकांश नेताहरूले धारणा राखेको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले खबरहबरलाई जानकारी दिए ।

सो बैठकमा उनले ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा पार्टी उपमहासचिव जनार्दन शर्माले १४ पृष्ठ लामो प्रस्ताव पेस गरेका थिए ।

सो प्रस्तावका केही अंशहरूमा अधिकांश स्थायी कमिटी सदस्यहरूले सहमति जनाएका छन् । तर प्रचण्डले पार्टी नेतृत्व छाडेर अभिभावक बन्नुपर्ने र तेस्रो पुस्तालाई पार्टी हस्तान्तरण गर्नुपर्ने विषयमा भने धेरै नेताहरूले विमति जनाएको बैठकमा सहभागी अर्का स्थायी समिति सदस्यको भनाइ ।

सदस्यले खबरहरूलाई भने, ‘जनार्दन कमरेडले राखेका कतिपय कुराहरूमा हाम्रो सहमति छ तर अहिले नै पार्टी तेस्रो तहका नेतामा पुस्तान्तरण हुने कुरामा भने गम्भीर छलफल र विमर्श गर्नुपर्ने आवश्यक छ।’

बैठकमा जनार्दनसहित पार्टी सचिव राम कार्कीले पनि पार्टी रूपान्तरण पुस्तान्तरण र परिमार्जन सहितको नयाँ विचार आउनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १ : ३९ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार