२५ अर्ब पुगेसँगै शेयर कारोबारमा नयाँ रेकर्ड « Khabarhub

 २५ अर्ब पुगेसँगै शेयर कारोबारमा नयाँ रेकर्ड


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो कारोबारको दिन नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । आज २५ अर्ब ७७ करोड ९४ लाख ७३ हजारको कारोबार भएको छ । यो सँगै नेपाली इतिहासमा शेयर कारोबारले नयाँ रेकर्ड कायम गरेको हो ।

गत साउन २२ गते २३ अर्ब ७१ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो । सो कारोबार रकमलाई तोडेर आज २५ अर्ब ७७ करोडको शेयर कारोबार भएको छ ।

यस्तै, आज शेयर बजार नेप्से सूचक ९४ दशमलव ५३ अंकले बढेर २,८६० को विन्दुमा कायम भएको छ । आज २२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको शेयर मूल्य घटेको छ । आज कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ ।

आज ३३० कम्पनीको ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता शेयर कारोबार हुँदा २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरन्सको शेयर कारोबार भएको छ ।

आज यस कम्पनीको १ अर्ब ५२ करोडको शेयर कारोबार भएको हो । शिवम् सिमेन्टको १ अर्ब १६ करोडको शेयर कारोबार भएको छ । निफ्राको ६८ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ३ : २७ बजे

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन

मुग्लिन-मलेखु सडक धमाधम बन्दै (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गतको पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको काम धमाधम

प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान