तारागाउँको जग्गा अनियमितताबारे छानबिन गर्न सांसदको माग | Khabarhub Khabarhub

तारागाउँको जग्गा अनियमितताबारे छानबिन गर्न सांसदको माग


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तारागाँउ विकास समितिको जग्गा प्रकरणमा छानबिन गर्न सांसदहरूले माग गरेका छन् ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनीहरूले नेपालको पर्यटन उद्योगको विकास गर्ने उद्देश्यले स्थापित तारागाउँ विकास समितिको जग्गा प्रकरणमा निकै अघिदेखि नै अनियमितता भएको हुन सक्ने भन्दै छानबिन गर्नुपर्ने माग गरेका हुन् ।

तारागाउँ रिजेन्सी होटल लिमिटेडमा सरकारी स्वामित्वको तारागाउँ विकास समितिले लगानी गरे पनि प्रतिफल आउन नसकेको उनीहरूको भनाइ छ ।

बैठकमा समिति सदस्य पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले होटेल हायातले तारागाउँ विकास समितिको जग्गालाई एकलौटी बनाउन खोजेको र राज्यको शेयर २२ प्रतिशतबाट ९ प्रतिशतमा झारिएको बताए ।

उनले राज्यले लाभांश नपाउने अवस्थाको अध्ययन हुनुपर्ने बताए । यसमा सरकारको स्पष्ट दृष्टिकोण समेत आउनुपर्ने उनको भनाइ छ ।

त्यस्तै समिति सदस्य नेमकिपा सांसद प्रेम सुवालले तारागाउँ विकास समितिले गरेको लगानीका बारेमा यसअघिका समेत सबै मन्त्री, प्रधानमन्त्रीहरूलाई जानकारी रहेको भन्दै सबैलाई समितिमा बोलाएर जानकारी लिनुपर्ने बताए। उनले सरकारी सम्पत्ति निजी क्षेत्रलाई दिने काम गम्भीर रहेको उल्लेख गरे ।

समिति सभापति राज किशोर यादवले तारा गाउँ र होटलबीच भएको लिग सम्झौताका विषयमा पर्यटन मन्त्रालयले कार्य योजना बनाउने र त्यस आधारमा अर्को बैठकमा छलफल गर्ने बताए ।

तारागाउँ रिजेन्सी होटल लिमिटेडमा सरकारले गरेको लगानी प्रतिफलमा बदल्न सक्ने गरी समाधानका योजना सहित आउन पनि समितिले पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ३ : ३८ बजे

भारतीय प्रधानमन्त्री मोदी मौरिसस भ्रमणमा

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका

२०३० सम्म भारतमा प्रविधिको बजार ३ खर्ब ५० अर्ब डलर पुग्ने रक्षामन्त्री सिंहको दाबी

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले सन् २०३० सम्म आफ्नो

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

पेरिस – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले

सन् २०२६ मा भारतको जीडीपी ६.५ प्रतिशतले बढ्ने पूर्वानुमान

काठमाडौं – आगामी वर्ष सन् २०२६ मा भारतको वास्तविक कुल

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

काठमाडौं – समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा