भारत र जिम्बाब्वेबीच कूटनीतिक बैठक सम्पन्न « Khabarhub

भारत र जिम्बाब्वेबीच कूटनीतिक बैठक सम्पन्न


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत र जिम्बाब्वेका कूटनीतिज्ञबीच द्विपक्षीय सहकार्य वृद्धि गर्ने विषयमा छलफल भएको छ ।

जिम्बाब्वेको राजधानी हरारेमा आयोजित वैदेशिक परामर्शसम्बन्धी द्विपक्षीय बैठकमा दुई मुलुकबीच व्यापार, विकास साझेदारी, कृषि, रक्षा एवम् अन्य क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको हो ।

बैठकमा भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव पुनित आर कुन्दल र जिम्बाब्वेका तर्फबाट त्यहाँको विदेश मामिला तथा अन्तर्राष्ट्रिय व्यापार मन्त्रालयका प्रमुख निर्देशक माइक चिगिजी सहभागी थिए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार बैठकमा दुई पक्षबीच परस्पर हित तथा संयुक्त राष्ट्रसंघमा समन्वय गर्ने विषयमा पनि छलफल भएको थियो ।

बैठकले दुई मुलुकबीच कायम रहेका संयुक्त आयोग तथा व्यापार समितिलाई थप प्रभावकारी बनाउने समेत सहमति गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

आगामी बैठक दुवै पक्षलाई पायक पर्ने समयमा भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गर्न पनि दुई मुलुक सहमत भएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ४ : २४ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक