यस्तो बन्यो फिल्म ‘खुस्मा’को टिजर  « Khabarhub

यस्तो बन्यो फिल्म ‘खुस्मा’को टिजर 


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म ‘खुस्मा’को टिजर सार्वजनिक भएको छ ।

निर्माण पक्षले शनिबार सार्वजनिक गरेको दुई मिनेट २४ सेकेन्ड लामो टिजरले फिल्मका मुख्य पात्र धिरज-उपासनको प्रेम र माओवादी द्वन्द्वले गाउँमा पारेको प्रभावलाई प्रस्तुत गरेको पाइन्छ।

टिजरमा फिल्मका मुख्य कलाकारहरूलाई नै स्थान दिइएको छ । आगामी असोज ३ संविधान दिवसको दिन फिल्मको प्रदर्शन मिति तय गरिएको छ ।

निर्माण पक्षले दिएको जानकारी अनुसार फिल्म जनयुद्धको प्रभाव भएको मगर समुदायको एक प्रेमकथामा आधारित छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मका लेखक तथा निर्देशक अशोक थापा मगर गरेका हुन् ।

निर्मातामा वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्, भने सह-निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ४ : ३७ बजे

‘आहा–रारा कप’ को तयारी पूरा

कास्की– ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आइतबार

भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो

नयाँ दिल्ली- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी

नयाँ सांसद आउँदा नयाँ संसद् भवन प्रयोग हुने

काठमाडौं– संघीय संसद् सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ

सिटौलाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने

काठमाडौं – चलचित्र पत्रकार दिनेश सिटौलाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि