कर्णाली राजमार्ग पुनः अवरुद्ध « Khabarhub

कर्णाली राजमार्ग पुनः अवरुद्ध


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मान्म– कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत जुम्ला सुर्खेत सडकखण्डको कालिकोट शुभकालिका गाउँपालिका–१ गगन खोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले आज बेलुका पुनः पहिरो गएर सडक अवरुद्ध भएकाले अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको बताए । अहिले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

शनिबार कर्णाली राजमार्गको कालिकोट सडकखण्डका विभिन्न ठाउँमा पहिरो गएर अवरुद्ध बनेको सडक आज बिहानबाट सञ्चालनमा आएको थियो ।  वर्षा सुरु भएयता गगने खोला र एस मोडमा मात्र नौ पटक पहिरो खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ७ : ०३ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै