गण्डकीमा एक हजार तीन सय ६९ जनामा डेङ्गु पुष्टि, एक जनाकाे मृत्यु | Khabarhub Khabarhub

गण्डकीमा एक हजार तीन सय ६९ जनामा डेङ्गु पुष्टि, एक जनाकाे मृत्यु


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

गण्डकी । गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ । शनिबारसम्म एक हजार तीन सय ६९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सबैभन्दा बढी तनहुँमा पाँच सय ५२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको निर्देशनालयका सूचना अधिकारी नवराज शर्माले जानकारी दिए । सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिकाका ४८ वर्षीय एक पुरुषको यही साउन १० गते निधन भएको उनले बताए ।

तनहुँपछि कास्की डेङ्गुबाट बढी प्रभावित छ । निर्देशनालयको तथ्याङ्कअनुसार कास्कीमा चार सय ८० जना सङ्क्रमण पुष्टि भएको छ । गत बुधबार मात्र कास्कीमा ४० जना डेङ्गु सङ्क्रमित भेटिएका थिए । यस्तै, गोरखामा एक सय ११, बागलुङमा ८६, पर्वतमा ६६, लमजुङमा ५५, म्याग्दीमा ४१, स्याङ्जामा ३६, नवलपुरमा ११ र मनाङमा एक जनामा सङ्क्रमण देखिएको निर्देशनालयका सूचना अधिकारी शर्माले बताए ।

असारयता डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको हो । अङ्ग्रेजी जुलाई महिनामा छ सय ४३ जना सङ्क्रमित भेटिएकामा अगष्टको दोस्रो साता नबित्दै चार सय ७४ जनामा डेङ्गुको सङ्क्रम पुष्टि भएको निर्देशनालयले जनाएको छ । गत जनवरीमा ७० जनामा डेङ्गुको सङ्क्रमण भएकामा त्यसयता घट्दै आएर जुन महिनामा ८७ बाट पुनः सङ्क्रमितको सङ्ख्या थपिँदै आएको हो ।

स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले असारदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमणको बढी जोखिम हुने बताउनुभयो । उहाँले पछिल्लो समय प्रदेश राजधानी पोखरामा डेङ्गु तीव्र रुपमा फेलिएको बताए । “समयमा नियन्त्रण गर्न नसके डेङ्गुले भयावह रूप लिन सक्छ”, उनले भने, “डेङ्गुलाई सामान्य रूपले नसोचौँ, यसले ज्यानैसमेत लिएका घटना हामीकहाँ छन् ।”

डेङ्गु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताए । उनले समयमा उपचार नभए डेङ्गुबाट बिरामीको मृत्यु समेत हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरे ।

गत वर्ष कास्कीमा मात्र तीन हजार ६९ जनामा डेङ्गु सङ्क्रमण भएको थियो । तीमध्ये पोखरा महानगरपालिकामा दुई हजार आठ सय नौ जना थिए । सङ्क्रमण बढ्दै गएपछि पोखरा महानगरपालिकालगायत स्थानीय तहले डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरू गरेका छन्।

पोखरा महानगरपालिकाभित्रका सबै सरकारी कार्यालयले हरेक शुक्रबार बिहान १० देखि साढे १० बजेसम्म ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य संस्था र निकायले लामखुट्टेका सम्भावित बासस्थानको खोजी गरी नष्ट गर्ने अभियानमा सघाउन सबैलाई आग्रहसमेत गरेका छन् ।

महानगरभित्रका ४६ वटै स्वास्थ्य संस्थामा डेङ्गुको परीक्षण तथा उपचार सेवा निःशुल्क गरिएको महानगरको स्वास्थ्य शाखाले जनाएको । डेङ्गुको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्न आग्रह गरिएको छ ।

डेङ्गु ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने स्वास्थ्य कार्यालयका प्रमुख नेपालीले बताए । “डेङ्गु नियन्त्रणको प्रभावकारी उपाय भनेको घर वरपरि पानी जम्न नदिनु हो, यो लामखुट्टे जमेको सफा पानीमा बस्छ र दिउँसोमा मात्र मानिसलाई टोक्छ”, उनले भने ,“डेङ्गुको शङ्का लागेमा तुरुन्त परीक्षण गरी र आवश्यकताअनुसार उपचार सुरू गर्न सबैमा हाम्रो आग्रह छ ।”

डेङ्गुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने जनाइएको छ । यो रोगको खास उपचार नभएकाले लक्षणअनुसार औषधोपचार गर्ने गरिएको स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ९ : ०६ बजे

हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा सिँचाइ पोखरीको उद्घाटन

जुम्ला – जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

पोखरा – तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको

नेपालको आर्थिक विकासबारे छलफल आवश्यक छ : देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्