आज २०८१ साल भदौ २६ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल भदौ २६ गते बुधबारको राशिफल


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ २६ गते बुधबार तदनुसार सन् २०२४ सेप्टेम्बर ११ तारिख। भाद्र शुल्क पक्षको अष्टमी तिथि। बुधाष्टमी व्रत/गोरखकाली पूजा/राधा जन्मोत्सव। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : बौद्धिक क्षेत्रमा मान र सम्मान मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट नाफा हुनेछ। परिवारसँगको सम्बन्ध शान्त भए पनि खानपानमा भने सन्तुष्टि नहुनसक्छ।

वृष : धार्मिक कार्यमा सहभागी हुने योग छ। आध्यात्मको चर्चामा झुकाब बढ्नेछ। साथी तीर्थ पुगेको खबरले मन शान्त बन्नेछ। लगानी गर्नुभएको खण्डमा शिक्षामा राम्रो नतिजा प्राप्त हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मिथुन : शरीरमा गर्मीका कारण लाग्ने रोगले सताउने छ। सानो कुराले दिन झन्झटिलो बन्नेछ। साह्रो र गाह्रो पर्दा बन्धुको साथ मिल्नेछ। लगानीका क्षेत्रमध्ये धार्मिक अभियान्तासँगको भेटले मनमा शान्ति मिल्नेछ। परिवारको व्यवस्थापन कमजोर हुँदा विवाद हुने जोखिम छ।

कर्कट : प्राविधिक शिक्षाको लगानीबाट राम्रो फाइदा हुने दिन छ। परिवारसँग बसेर मिठो खाने अवसर मिल्नेछ। राजनीतिक संगठनमा तपाईंलाई पछाडि पार्ने जोखिम छ। पुरानो रोगको प्रकोप बढ्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

सिंह : तपाईंको बोलीमा मिठास रहेको छ। गला र कलाको प्रदर्शन गर्ने दिन छ। आम्दानीका स्रोत धेरै छन्। अप्रिय खबरले मन दुःखी बन्नेछ। परिवारको रचनात्मक साथ र सहयोग प्राप्त हुनेछ। नयाँ ठाउँको यात्रा तय हुने सम्भावना छ।

कन्या : धार्मिक कार्यको माध्यमबाट राम्रो आम्दानी हुनेछ। राजनीतिक क्षेत्रबाट सम्मान प्राप्त हुनेछ। परीक्षा दिएको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारसँगको प्रेम शान्त बन्नेछ।

तुला : लामो समयदेखि रोकिएका काम सञ्चालन हुनेछन्। लगानीका क्षेत्रमध्ये स्वास्थ्य र शिक्षामा भएका लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा विशेष सेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : बोल्दा सोचेर बोल्नुपर्ने दिन छ। तपाईंका लगानीका स्रोत राम्रा छन्। पैतृक सम्पत्ति जोडेर गरेको लगानीबाट फाइदा हुनेछ। प्राविधिक क्षेत्रमा चासो बढ्नेछ। सामाजिक कार्यमा थालेको काम सफल बन्नेछ।

धनु : सञ्चित धन खर्च गर्नुपर्नेछ। स्वदेशमा भन्दा विदेशको रमझमप्रति मन आकर्षित हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट प्रगति हुनेछ। धार्मिक प्रवचन सुनेमा मन शान्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ। आफन्तबाट असहयोग हुनेछ। शनिवक्र गतिमा रहेकाले तपाईंको सम्पत्तिमा आँखा लगाउने बढी नै छन्। बिहान उठेर हनुमान चालिसा पाठ गराएमा दिन सहज बन्नेछ। परिवारमा मेलमिलाप हुनेछ।

कुम्भ : सानो कुराले मनमा खटपटी बढ्नेछ। लगानीका स्रोतमा मन्दीको समस्या रहेको छ। मध्य साढेसातीको प्रकोप शान्त गर्न पिपलको दर्शन र शिवभजन सुन्न सकेमा मन शान्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : धर्म र संस्कार बुझ्ने मौका मिल्नेछ। प्राविधिक क्षेत्रमा चासो बढ्नेछ। बजारका गुलिया र मिठा कुरा खान लोभ गर्ने बानीले रोग बढ्नेछ। शरीरलाई स्वास्थ्य राख्न खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ५ : १९ बजे

जाजरकोट भूकम्प : तीन हजार बढी घर प्रबलीकरण गर्न सकिने

काठमाडौं– जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रबलीकरण सम्बन्धमा विस्तृत क्षति

पेस्तोल, म्यग्जिन र सात राउण्ड गोलीसहित एक जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौँ महानगरपालिका–१६ चमतीबाट अटोकेटिक पेस्तोल, दुई थान म्याग्जिन

नेपालगञ्जमा गोली हानेर लागूऔषध कारोबारी पक्राउ

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली हानेर लागूऔषध खैरो

भारतीय दूतावासले उपप्रधानमन्त्री सिंहको प्रमुख आतिथ्यतामा मनायो ७९औँ स्वतन्त्रता दिवस 

काठमाडौं– नेपालस्थित भारतीय दुतावासले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान

खानेपानीमन्त्री यादव र भारत सरकारका विज्ञ टोलीबीच छलफल

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीबीच तराई-मधेसको खानेपानीसम्बन्धी