अमेरिकी राष्ट्रपति निर्वाचनः ब्याटल ग्राउन्डमा ट्रम्पलाई पछाडि पार्दै ह्यारिस | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपति निर्वाचनः ब्याटल ग्राउन्डमा ट्रम्पलाई पछाडि पार्दै ह्यारिस


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

अमेरिकी नागरिक ५ नोभेम्बरका दिन नयाँ राष्ट्रपति चयनका लागि तयार भएर बसेका छन्। सुरुमा यस निर्वाचनको सर्वेक्षणमा रिपब्लिक पार्टीका डोनाल्ड ट्रम्प अघि थिए। परिस्थिति फेरिएको छ।

मङ्गलबारको सर्वेक्षण अनुसार ट्रम्पलाई डेमोक्र्याट उम्मेदवर कमला ह्यारिसले पछि छाडेकी छन्। तथापि यो नै अन्तिम आधार भने पक्कै होइन। अहिले ह्यारिसको अग्रता झिनो देखिएको छ। अमेरिकामा राष्ट्रपतिको चयन बिद्युतीय मतको आधारमा हुन्छ लोकप्रिय मतको आधारमा होइन। यस कारण पनि ह्यारिसको मौका धेरै भए पनि एकदमै बलियो भन्ने चाहिँ पक्कै होइन।

एउटा के सत्य हो भने जुलाई महिनामा हालका राष्ट्रपति जो बाइडेनले मैदान छाडेपछि हरेक दिन डेमोक्र्याटको अवस्था राम्रो भएको छ। सो समयमा उम्मेदवारी परिवर्तनका कारण खासै असर नगर्ने अनुमान गरिए पनि आप्रवासी मुलकी महिला ह्यारिसको प्रभाव देखिएको छ। यो प्रभाव बहसमा उनको प्रस्तुतिकै कारण हो।

२२ अगस्टका दिन सिकागोमा सकिएको डमोक्र्याटको चार दिने सम्मेलनमा ह्यारिसले अमेरिकीका लागि भन्दै ‘न्यु वे फरवार्ड’ को नारा अघि सारेकी थिइन्। त्यसै समयमा सर्वेक्षणले उनको पक्षमा ४७ प्रतिशत देखाएको हो।

२३ अगस्टका दिन इन्डिपेन्डेन्स उम्मेदवारी त्याग्दै जुनियर रोबर्ट एफ केनेडी ट्रम्पको पक्षमा उभिए पनि त्यसले खासै प्रभाव पारेको छैन। यो सर्वेक्षण एक्युरेट नहुनसक्छ। सबै राज्यको रुझान बुझ्न भने सहज बनाउने छ।

अमेरिकामा ५० राज्य छन्। धेरै राज्यमा प्राय एउटै दलले सफलता पाउँदै आएका छन्। केही यस्ता राज्य छन्, जहाँ मत स्विङ हुने गरेको छ। सर्वेक्षणले पनि त्यस क्षेत्रमा दुवै उम्मेदवारमा खासै फरक देखाएको छैन। तिनै राज्यले कसैलाई हराउने या जिताउने कुरा धेरै निर्भर गराउँछ। तीनै राज्यलाई ब्याटलग्रान्ड राज्यको रूपमा हेरिएको छ।

अहिले ७ ब्याटल ग्राउन्ड छन्। जहाँ कसले सफलता पाउने भन्ने कुराको कुनै यकिन छैन। पेनसेल्भिनया यसै मध्यको एउटा राज्य हो। ती ब्याटल ग्राउन्डमा अहिले अग्रता भएको उम्मेदवारका लागि पनि गल्तीको दायरा एकदमै कम छ। पछिल्लो सर्वेक्षण अनुसार धेरै राज्यहरूमा दुई उम्मेदवार बिचको फरक १ प्रतिशत भन्दा कम छ। त्यसै मध्यको पेनसेल्भिनिया एउटा मुख्य राज्य हो, जसले उम्मेदवारलाई आवश्यक २७० इलेक्ट्रोल मतको लागि ठुलो सहयोग गर्न सक्छ। १९ इलेक्ट्रोल मत भएको पेनसेल्भेनियामा ह्यारिस १ प्रतिशत भन्दा कम अन्तरले अघि छन्।

यसैगरी, १६ मत रहेको नर्थ क्यारोलीना र ६ मत रहेको नाभाडामा पनि ह्यारिस १ प्रतिशत भन्दा कम अन्तरले अघि छन्। १६ मत रहेको जर्जिया र ११ मत रहेको एरिजोनामा ट्रम्प १ प्रतिशत भन्दा कम अन्तरले अघि छन्।

१५ मत रहेको मिचिगनमा ह्यारिस दुई प्रतिशत भन्दा बढी अन्तरले अघि रहँदा १० प्रतिशत भन्दा बढी मत रहेको विन्सकिनमा ह्यारिस ३ प्रतिशत भन्दा बढी मतले अघि छन्।

पेनसेल्भेनिया, मिचिगन तथा विन्सकिनमा सन् २०१६ मा ट्रम्पले सफलता पाउनु अघि डेमोक्र्याटले प्रभाव छाडेका थिए। सन् २०२० मा फेरि बाइडेनले यी तीन राज्यमा सफलता पाएका थिए। त्यसलाई जोगाउन सके ह्यारिसका लागि सफलताको एउटा आधार बन्न सक्ने छ। यी ७ ब्याटल ग्राउन्डमा बाइडेनले मैदान छान्ने समयसम्म ट्रम्प करिब ५ प्रतिशतले अघि थिए।

अहिलेको समयमा यी दुवै राज्यको आधारमा पनि लोकप्रिय मतमा पनि एकदमै हाराहारीमा छन्। तसर्थ अहिले नै सबै कुरा भन्न पक्कै मिल्दैन। यस अघि सन् २०१६ र २०२० मा सर्वेक्षणले वास्तविकता भन्दा धेरैपछि ट्रम्पलाई राखेको थियो। सर्वेक्षणमा भएको गल्तीको पहिचान गर्न पनि धेरै कठिन भएको छ।

ब्याटल ग्राउन्डलाई हेर्ने हो भने एरिजोनामा गत निर्वाचनले डेमोक्र्याटले सफलता पाएको थियो। सन् १९९० पछि पहिलो पटक सो दलले सफलता पाएको हो। मेक्सिकोको सीमामा रहेको यस राज्यमा अहिले आप्रवासी मुद्दा उठेको छ।

सन् २०२० मा जर्जियाले बाइडेनलाई साथ दिएको थियो। त्यसपछि नै ट्रम्प विवादमा मुछिएका थिए। अहिले सुनुवाइ जारी छ। जर्जियामा एक तिहाइ बसोबास अफ्रिकन अमेरिकीको छ। बाइडेनको नीतिका कारण अफ्रिकन अमेरिकी डेमोक्र्याटसँग टाढा भए पनि ह्यारिसको उम्मेदवारीले अवस्था फेरिँदै गएको छ।

गएका दुई निर्वाचनमा मिचिगन निर्णायक बनेको थियो। यस राज्यमा विजयी उम्मेदवारले समग्रमा सफलता पाएका थिए। सन् २०२० मा बाइडेनलाई साथ दिएको भए पनि यस पटक चुनौती थपिएको छ। इजरायल र गाजाको युद्ध पनि एउटा मुख्य कारण हो। फेब्रुअरी महिनामा उम्मेदवारी चयनको समयमा १ लाख मतदाताले आफूलाई त्यसमा सरिक गराएनन्।

उनीहरूको चाहना इजरायललाई गरिरहेको सहयोग बन्द गर्नुपर्छ भन्ने नै हो। अरबी मूलका मानिसको उपस्थिति धेरै रहेको मिचिगनमा ह्यारिसले पछिल्लो समय उनीहरूको भावनालाई सम्बोधन गर्दै आएकी छन्। ट्रम्पले पनि मिचिगनलाई प्रभावमा लिनका लागि विगतमा इजरायलले तत्काल आक्रमण बन्द गर्नुपर्ने धारणा राखेका थिए।

नभाडामा धेरै पहिलेदेखि नै डेमोक्र्याटको प्रभाव थियो। पछिल्लो समय ट्रम्पले आफ्नो अनुकूल बनाउने सम्भावना प्रबल देखिएको थियो। तर त्यहाँ पनि ह्यारिसको उपस्थितिले धेरै कुरा फेरिएको छ। उनले युवा मातदाताको मन जित्दै गएकी छिन्। दुवै उम्मेदवार अहिले ल्याटिनो मतदातालाई फकाउन लागि परेका छन्।

बाइडेनको कार्यकालमा अमेरिकामा आर्थिक वृद्धि त भयो। परन्तु पोस्ट कोभिड पुनरुत्थान भने विस्तारै भएको छ। बेरोजगारीमा अन्य राज्य भन्दा अघि रहेको त्यहाँ ट्रम्पले करमा कटौतीको मुद्दा उठाएका थिए।

नर्थ क्यारोलिनमा गत चुनावमा ट्रम्पले सफलता पाएका थिए। यस निर्वाचन पनि प्रतिस्पर्धात्मक हुनेछ। ट्रम्पले सोही राज्यबाट चुनावी अभियान सुरु गरेका थिए। डमोक्र्याटले पनि पार्टीको सम्मेलनमा राज्य गभर्नर रोय क्परलाई मौका दिएको थियो। पेनसेल्भेनियामा त मुद्रास्फीति मुख्य मुद्दा बनेको छ।

विन्सकीकनले पनि गएको दुई निर्वाचनमा २० हजार भन्दा कम मतको अन्तर देखाएको थियो। रिपब्लिक पार्टीको सम्मेलनमा ट्रम्पले जित हात पार्नका लागि सो राज्यमा जित्नै पर्नेमा जोड दिएका थिए। यसै ब्याटल ग्राउन्डमा अहिलेको ह्यारिसको सुधारिएको अवस्थामा बहसमा प्रस्तुत हुने शैली नै मुख्य मानिएको छ। स्रोतः बिबिसी

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १० : १० बजे

‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं – काठमाडौंवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौं – संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको

करिब नौ करोड बराबरको मालवस्तु बङ्लादेश निर्यात

झापा – चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका

नेपालको संविधान विश्वमै उत्कृष्ट छ : नेता महत

नुवाकोट – नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले

मालीको राजधानीेमा भएको जिहादी आक्रमणमा ७७ को मृत्यु

बामाको – मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र