सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिनका लागि कांग्रेस तयार | Khabarhub Khabarhub

सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिनका लागि कांग्रेस तयार


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारढ नेपाली कांग्रेसले ललितपुरस्थित एक सहकारी संस्थाको करिब १५ करोड रुपैयाँ बचत अपचलनमा मुछिएका उपसभापति धनराज गुरुङमाथि छानबिन गर्न दिने निष्कर्ष निकालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको पदाधिकारी बैठकले धनराजमाथि छानबिनका लागि पार्टी तयार रहेको निष्कर्ष निकालेको हो ।

बैठकपछि पार्टी संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले उपसभापति गुरुङ सहकारी प्रकरणमा मुछिएको विषयमा कांग्रेसको धारणा प्रष्ट रहेको बताउँदै यसमा छानबिनका लागि ढोका खोल्ने निर्णय भएको जानकारी दिए ।

‘उहाँ (धनराजण) ले गल्ती गर्नुभएको भए सजाय हुन्छ।  सहकारी प्रकरणमा छानबिनका लागि कांग्रेस तयार छ’, उनले भने, ‘यसमा कांग्रेस प्रष्ट छ, छानबिनको कुरामा कांग्रेसमा कुनै द्विविधा छैन ।’

घिमिरेले गुरुङले नक्कली डिभोर्स गरेको भनेर उठाइएको कुराको भने प्रतिवाद गरेको छ। ‘डिभोर्स पनि कहीँ नक्कली हुन्छ ? कानुनबमोजिम भएको कुरा नक्कली हुँदैन’, उनले भने, ‘उपसभापति गुरुङले कानुनी रुपमा डिभोर्स गरिसकेपछि त्यो उहाँको निजी कुरा हो । डिभोर्सको बिषयमा छलफल हुन सक्दैन।’

प्रमुख सचेतक घिमिरेले उपसभापति गुरुङ आफैँले मंगलबार संसद् बैठकमा पनि छानबिनका लागि तयार रहेको बताइसकेको कुरा स्मरण गराए । उनले सहकारी प्रकरणमा अनुसन्धान प्रकिया अघि बढाउन पार्टी तयार रहेको जानकारी पत्रकारलाई दिए ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १२ : ३२ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’