कांग्रेसले भन्यो- उपसभापति धनराजको ‘डिभोर्स’ नक्कली हुन सक्दैन « Khabarhub

कांग्रेसले भन्यो- उपसभापति धनराजको ‘डिभोर्स’ नक्कली हुन सक्दैन


२६ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले उपसभापति धनराज गुरुङले पत्नी ज्योति गुरुङसँग गरेको ‘डिभोर्स’बारे भइरहेको टिप्पणीलाई अनुचित भनेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले कानुनी रुपमा भइसकेको सम्बन्धविच्छेदबारे बहस गर्नु उचित नहुने निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कानुनी रुपमा सम्बन्धविच्छेद भएपछि त्यसमा बहस गर्न आवश्यक नरहेको उल्लेख गरे ।

उपसभापति गुरुङ आफैँले छानबिनका लागि तयार रहेको कुरा संसद्मै बताइसकेको अवस्थामा पार्टीले छानबिनका लागि सहज रुपमा लिने उनले बताएका छन् ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  १२ : ५८ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर