रास्वपाको निर्णय : उपसभामुख रानाले संसद्‍मा जवाफ दिन पाउनुपर्छ « Khabarhub

रास्वपाको निर्णय : उपसभामुख रानाले संसद्‍मा जवाफ दिन पाउनुपर्छ


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले अमेरिकी दूतावासलाई लेखिएको भनिएको पत्रबारे संसद्मा स्पष्टीकरण दिन पाउनुपर्ने निर्णय गरेको छ ।

उपसभामुख राना मगरले संसद् सचिवालयको लेटरप्याड दुरुपयोग गरेर पत्र लेखेको हो वा होइन भन्ने कुराको जवाफ प्रतिनिधिसभाको बैठकमा दिन पाउनुपर्ने निर्णय बैठकले गरेको रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाले बताए ।

बुधवार सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकले पनि उपसभामुख रानामगरले संसद्‍मा आफ्ना कुरा राख्न पाउनुपर्ने निर्णय गरेको झाले बताएका छन् ।

उपसभामुख रानामगरले प्रतिनिधि सभाको बुधबार नै बस्ने बैठकमा जवाफ दिन पाउनुपर्ने माग पार्टीले राख्ने पनि झाले बताएका छन् ।

झाले १८ महिनासम्म यो विषय लुकाएर राखिएका कारण दलहरूले स्वार्थ साँधेर उपसभामुख राना मगरलाई हटाउने योजना बनाएको बताएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १ : २३ बजे

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको