राजनीति

सांसदले उपसभामुखलाई इन्दिरा गान्धी भनेपछि….

By खबरहब

September 11, 2024

काठमाडौं – सांसद रणेन्द्र बराइलीले उपसभामुख इन्दिरा रानामगरलाई इन्दिरा गन्धी भनेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले उपसभामुख रानामगरलाई भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी भनेका हुन् ।

‘…यस्तै मेरो एउटा कुरा के छ भने सम्मननीय उपसभामुख इन्दिरा गान्धीको कुराले हिजो सदनमा अलिअलि तरक्की आएको थियो,’ उनले बोल्दै गर्दा अन्य सांसदहरूले उपसभामुखको नाम भनेपछि भने, ‘ए इन्दिरा रानाले (हे हे) सरी ।’

बराइलीले सदनमा तरंग आएको भन्न खोज्दा ‘सदनमा तरक्की आएको’ भनेका थिए ।

उनले दोस्रोपल्ट पनि त्यही शब्द दोहोर्‍याए । ‘हिजो अलिअलि सदनमा तरक्की आएको थियो,’ सांसद बराइलीले भने, ‘आज त पूर्ण पत्रिकाहरूमा ब्यापक छाएको छ ।’