मादी नदीले बगाएका बालक दुई दिनदेखि बेपत्ता « Khabarhub

मादी नदीले बगाएका बालक दुई दिनदेखि बेपत्ता


२६ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

तनहुँ– व्यास नगरपालिका–३ स्थित मादी नदीले बगाउँदा एक बालक दुई दिनदेखि बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सोही वडाको देउरालीनगर निवासी १५ वर्षीय रोनाल्ड थापा रहेका छन् ।

सोमबार दिउँसो नदीले बगाएर उनी बेपत्ता भएका हुन् । बालक व्यास-४ स्थित कन्काई बोडिङ स्कूल कक्षा १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । उनी घरबाट विद्यालय जान्छु भनेर गए पनि विद्यालय नगई साथीसँग नदीमा नुहाउन गएका थिए । बालक साँझ अबेरसम्म घर नफर्किएपछि मात्रै परिवारले छोरा हराएको जानकारी पाएको थियो ।  

सोमबार दिउँसो १ बजेको समयमा मादी नदीले एक बालक बगाएको भनी प्रहरीमा सूचना प्राप्त भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। 

उनका अनुसार जानकारी पाएलगत्तै खोजतलासका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको थियो । मंगलबार साँझसम्म खोजीलाई निरन्तरता दिए पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । 

ती बालकसँगै नदीमा नुहाउन गएका अन्य दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले भने , ‘घटनाका बारेमा सोधपुछ गर्न नियन्त्रणमा लिइएको हो ।’

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  १ : ५३ बजे

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी