सभामुखको रुलिङ- ‘हिंसा’ शब्द असंसदीय होइन, हटाउनु पर्दैन | Khabarhub Khabarhub

सभामुखको रुलिङ- ‘हिंसा’ शब्द असंसदीय होइन, हटाउनु पर्दैन


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गत भदौ १२ गते नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ गरेका छन् ।

भट्टराईले माओवादीले चलाएको ‘जनयुद्ध’लाई हिंसा भनेर भदौ १२ गतेको संसद्‍मा टिप्पणी गरेपछि विवाद भएको थियो ।

उक्त विवादलाई लिएर सभामुख घिमिरेले आवश्यक निरुपणका लागि छलफल थालेका थिए ।

‘साउन १२ गते माननीय योगेश भट्टराईले प्रयोग गरेको हिंसालाई असंसदीय भनी हटाउन मागसहित भएको नियमापत्तिबारे छलफल भएको छ। प्रतिनिधिसभा नियमावलीको नियम २१ मा भएको व्यवस्था, भदौ १८ गतेको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकको रायअनुसार उक्त शब्द संसद्‍को अभिलेखबाट हटाउनुनपर्ने निर्णय भएको छ’, घिमिरेले भने ।

उनले विभिन्न समयमा प्रतीकात्मक शब्द प्रयोग गर्दा पनि नियापत्ति हुने गरेकाले त्यस्तो कार्य उचित नहुने पनि बताएका छन् ।

योगेशले भदौ १२ को बैठकमा माओवादीप्रति आक्रमक हुँदै ‘हिंसा’का कारण मुलुकमा विद्युत उत्पादन नभएको बताएका थिए ।

उनले माओवादीले ठाउँ ठाउँमा जलविद्युत् व्यवसायीमाथि चन्दा आतंक र लुटपाट हुँदा २०६३ मै लोडसेडिङ मुक्त हुने देशले २०७५ सालसम्म कुर्नुपरेको बताएका थिए ।

त्यसपछि माओवादी केन्द्रका सांसदहरू माधव सापकोटा र देवेन्द्र पौडेलसहितले नियमापत्ति जनाएका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  २ : ११ बजे

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा