सभामुखको रुलिङ- ‘हिंसा’ शब्द असंसदीय होइन, हटाउनु पर्दैन « Khabarhub

सभामुखको रुलिङ- ‘हिंसा’ शब्द असंसदीय होइन, हटाउनु पर्दैन


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गत भदौ १२ गते नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ गरेका छन् ।

भट्टराईले माओवादीले चलाएको ‘जनयुद्ध’लाई हिंसा भनेर भदौ १२ गतेको संसद्‍मा टिप्पणी गरेपछि विवाद भएको थियो ।

उक्त विवादलाई लिएर सभामुख घिमिरेले आवश्यक निरुपणका लागि छलफल थालेका थिए ।

‘साउन १२ गते माननीय योगेश भट्टराईले प्रयोग गरेको हिंसालाई असंसदीय भनी हटाउन मागसहित भएको नियमापत्तिबारे छलफल भएको छ। प्रतिनिधिसभा नियमावलीको नियम २१ मा भएको व्यवस्था, भदौ १८ गतेको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकको रायअनुसार उक्त शब्द संसद्‍को अभिलेखबाट हटाउनुनपर्ने निर्णय भएको छ’, घिमिरेले भने ।

उनले विभिन्न समयमा प्रतीकात्मक शब्द प्रयोग गर्दा पनि नियापत्ति हुने गरेकाले त्यस्तो कार्य उचित नहुने पनि बताएका छन् ।

योगेशले भदौ १२ को बैठकमा माओवादीप्रति आक्रमक हुँदै ‘हिंसा’का कारण मुलुकमा विद्युत उत्पादन नभएको बताएका थिए ।

उनले माओवादीले ठाउँ ठाउँमा जलविद्युत् व्यवसायीमाथि चन्दा आतंक र लुटपाट हुँदा २०६३ मै लोडसेडिङ मुक्त हुने देशले २०७५ सालसम्म कुर्नुपरेको बताएका थिए ।

त्यसपछि माओवादी केन्द्रका सांसदहरू माधव सापकोटा र देवेन्द्र पौडेलसहितले नियमापत्ति जनाएका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  २ : ११ बजे

आइक्यान र आइसिएआईबीच एमआरए सम्झौता नवीकरण, नेपाली र भारतीय सिएलाई व्यावसायिक अवसर

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था  र द इन्स्टिच्युट अफ चार्टर्ड

इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई

धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुर- धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक

पहिरोले बेनी बजारका १२ घरमा क्षति

म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजार पछाडि रहेको पाखोबाट गएराति र

अर्थशास्त्री डा वलीले कांग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने 

काठमाडौं– अर्थशास्त्री डा सुदनकुमार वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि