‘हिंसा’ शब्दबारे सभामुखको रुलिङपछि संसद्‍मा माओवादी आक्रोशित | Khabarhub Khabarhub

‘हिंसा’ शब्दबारे सभामुखको रुलिङपछि संसद्‍मा माओवादी आक्रोशित


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधिसभा बैठकमा गरेपछि नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

सभामुखको रुलिङपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउँदै संविधानले नै स्वीकारेको जनयुद्धलाई यसले अपमान गरेको बताए ।

‘हाम्रो देशको मूल कानुन संविधान हो । संविधानमै जनयुद्ध र जनआन्दोलनको ब्याख्या गरिएको छ। संविधानको प्रस्तावनामै उक्त ब्याख्या छ’, उनले भने, ‘संसद्‍मा जनयुद्धलाई हिंसा भनेर जुन कुरा आएको छ, त्यसलाई संविधान र कानुनविपरीत छ भनेका छौँ । के अब संविधानभन्दा यहाँ प्रयोग हुने शब्द फरक हुनुपर्ने हो ?’

पाण्डेले सचिवालयलाई कानुन र संविधान हेरेर आफ्ना विषय अघि बढाउन पनि आग्रह गरे ।

‘माओवादी जनयुद्धबारे जसरी संविधानमा शान्ति प्रक्रियामा उठेको छ। नियतको विषयबस्तु छ । जनयुद्ध र जनमुक्ति सेनालाई होच्याउने गरी अपमान गर्ने गरी बोलिएको थियो’, उनले भने, ‘भदौ १२ गते उक्त कुरा उठेपछि १३ गते हुँदै अहिलेसम्म मैले भनिरहेको छु ।अहिले आएर यो शब्दबारे जुन किसिमको ब्याख्या आएको छ यो बेठिक भएको छ । यो संविधान शान्तिप्रक्रिया र कानुनविपरीत हुन्छ ।’

उता माओवादी सांसद देवेन्द्र पौडेलले पनि ‘हिंसा’ शब्दलाई लिएर देशको शान्ति प्रक्रिया भड्काउने कोसिस भएको बताएका छन् ।

‘शान्ति प्रक्रियालाई बिथोल्ने, भाँडभैलो मच्चाउने ‘हिंसा’ जस्ता शब्द सँच्याइयोस्’, उनले भने, ‘यदि शान्ति सम्झौता, संविधानका कुरालाई नस्वीकार्ने हो भने माओवादी प्रतिकार गर्न बाध्य हुनेछ ।’

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  २ : १९ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका