‘हिंसा’ शब्दबारे सभामुखको रुलिङपछि संसद्‍मा माओवादी आक्रोशित « Khabarhub

‘हिंसा’ शब्दबारे सभामुखको रुलिङपछि संसद्‍मा माओवादी आक्रोशित


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधिसभा बैठकमा गरेपछि नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

सभामुखको रुलिङपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउँदै संविधानले नै स्वीकारेको जनयुद्धलाई यसले अपमान गरेको बताए ।

‘हाम्रो देशको मूल कानुन संविधान हो । संविधानमै जनयुद्ध र जनआन्दोलनको ब्याख्या गरिएको छ। संविधानको प्रस्तावनामै उक्त ब्याख्या छ’, उनले भने, ‘संसद्‍मा जनयुद्धलाई हिंसा भनेर जुन कुरा आएको छ, त्यसलाई संविधान र कानुनविपरीत छ भनेका छौँ । के अब संविधानभन्दा यहाँ प्रयोग हुने शब्द फरक हुनुपर्ने हो ?’

पाण्डेले सचिवालयलाई कानुन र संविधान हेरेर आफ्ना विषय अघि बढाउन पनि आग्रह गरे ।

‘माओवादी जनयुद्धबारे जसरी संविधानमा शान्ति प्रक्रियामा उठेको छ। नियतको विषयबस्तु छ । जनयुद्ध र जनमुक्ति सेनालाई होच्याउने गरी अपमान गर्ने गरी बोलिएको थियो’, उनले भने, ‘भदौ १२ गते उक्त कुरा उठेपछि १३ गते हुँदै अहिलेसम्म मैले भनिरहेको छु ।अहिले आएर यो शब्दबारे जुन किसिमको ब्याख्या आएको छ यो बेठिक भएको छ । यो संविधान शान्तिप्रक्रिया र कानुनविपरीत हुन्छ ।’

उता माओवादी सांसद देवेन्द्र पौडेलले पनि ‘हिंसा’ शब्दलाई लिएर देशको शान्ति प्रक्रिया भड्काउने कोसिस भएको बताएका छन् ।

‘शान्ति प्रक्रियालाई बिथोल्ने, भाँडभैलो मच्चाउने ‘हिंसा’ जस्ता शब्द सँच्याइयोस्’, उनले भने, ‘यदि शान्ति सम्झौता, संविधानका कुरालाई नस्वीकार्ने हो भने माओवादी प्रतिकार गर्न बाध्य हुनेछ ।’

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  २ : १९ बजे

भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु

राजविराज– जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहमा आज केरा बगानमा करेन्ट

स्वास्थ्यमा समस्या आएपछि प्रचण्ड अस्पताल भर्ना

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) स्वास्थ्यमा समस्या देखिएपछि

नेपाल चिकित्सकहरूको सम्मेलन सुरु

चितवन– नेपाल चिकित्सक सङ्घको आयोजनामा चितवनमा ‘अल नेपाल मेडिकल कन्फ्रेन्स

इन्धन राहतपछि जर्मनीको मूल्यवृद्धि दरमा कमी

एजेन्सी– जर्मनीमा मे महिनामा मुद्रास्फीति दर घटेर २.६ प्रतिशतमा पुगेको

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौं– खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको