काममा ढिलाइ गर्ने कर्मचारीलाई कारबाही गर्न पछि हट्दिनँ :  मुख्यमन्त्री सिंह « Khabarhub

काममा ढिलाइ गर्ने कर्मचारीलाई कारबाही गर्न पछि हट्दिनँ :  मुख्यमन्त्री सिंह

नैतिकतामा आधारित समाजको स्थापना गर्नु चुनौतीपूर्ण रहेको भनाइ


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त जनउत्तरदायी बनाउँदै जानुपर्ने बताएका छन् । 

उनले राज्यबाट प्राप्त हुने सेवासुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको पनि बताएका छन् । 

संघीय सरकारद्वारा जनकपुरधाममा बुधबार आयोजित भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१ सम्बन्धमा अन्तरिक्र्रया कार्यक्रममा मुख्यमन्त्री सिंहले सुशासन, विकास र समृद्धि प्रदेश सरकारको प्राथमिकता रहेको उल्लेख गरे । 

उनले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्र भएकाले नेपालका तीनै तहका सरकारले भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयन गर्नुपर्ने औंल्याए । मुख्यमन्त्री सिंहले भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयन गर्न प्रदेश सरकारले नीतिगत, कानुनी र संस्थागत कार्य गर्ने जानकारी दिए ।

सबै किसिमका भ्रष्टाचारजन्य क्रियाकलापको नियन्त्रण गरी नैतिकतामा आधारित समाजको स्थापना गर्नु चुनौतीपूर्ण रहेको भन्दै सरकारले भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त र प्रभावकारी बनाउन अधिकतम साधनस्रोत तथा संयन्त्र परिचालन गर्ने उनले बताए ।

मुख्यमन्त्री सिंहले भ्रष्टाचार हुने सम्भावना न्यून गर्न प्रदेश सरकारले जोखिमपूर्ण क्षेत्रको पहिचान गरी सेवाग्राहीको बढी चाप हुने कार्यालय तथा निकायमा सीसीटीभी जडान, सार्वजनिक निकायका लागि विनियोजित बजेट एवम् खर्च तथा प्रगतिको विवरण सार्वजनिक गर्ने परिपाटी विकास, सार्वजनिक पदाधिकारीमा सदाचार, इमानदारी र जिम्मेवारीको भावना विकास गर्न आचारसंहिता निर्माण तथा तिनको कार्यान्वयन गर्नेजस्ता काम गरिरहेको प्रस्ट्याए । 

उनले कर्मचारीको हाजिरी तथा कामकाजको छड्के अभियानलाई आफूले केही समययता तीव्रता दिएको भन्दै सरकारी कामकाजमा ढिलासुस्ती गर्ने कर्मचारीविरुद्ध कारबाही गर्न पछि नपर्ने बताए । 

मुख्यमन्त्री सिंहले सार्वजनिक खरिद ऐनका जटिलता सरलीकृत गरिनुपर्ने भन्दै सुशासनलाई टेवा दिन ऐनका प्रावधानविपरीत काम नगर्न आफूले कर्मचारीहरूलाई निर्देशन दिएको समेत सुनाए । 

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव राजेन्द्र थापाले भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१ का विषयमा जानकारी गराएका थिए ।  कार्यक्रममा प्रदेश तथा स्थानीय तहका पदाधिकारीहरू सहभागी थिए । 

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ४ : ०२ बजे

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार