नेपालीका लागि यूएईस्थित इन्डेक्स एक्स्चेन्जले ल्यायो विषेश योजना « Khabarhub

नेपालीका लागि यूएईस्थित इन्डेक्स एक्स्चेन्जले ल्यायो विषेश योजना


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यूएईस्थित इन्डेक्स एक्स्चेन्जले नेपालीहरूका लागि विशेष योजना ल्याएको छ ।

एक्सचेन्जले अघिल्ला बर्षझैँ यस वर्ष पनि ‘विन अ मिलियन’को तेस्रो संस्करण लिएर आएको हो।

जसअन्तर्गत यूएईमा रहेका नेपालीहरूले इन्डेक्स एक्स्चेन्जबाट नेपाल पैसा पठाउँदा नगद १० लाखसम्म जित्न सक्ने भएका छन् । यसक्रममा नेपाल जाने हवाई टिकट पनि उपाहार जित्न सक्ने कम्पनीले जनाएको छ ।

अघिल्ला वर्षहरूमा नेपाली समुदायलाई लक्षित गरि ल्याइएका योजनामा धेरैले लाभ लिएको कम्पनीले जनाएको छ ।

यसअघि यस योजनाअन्तर्गत रुपन्देहीका नुरुद्दीन चुरिहारले नेपालमा घरसमेत जितेका थिए । कयौँ नेपालीले लाखौँ रुपैया नगद, सुनका सिक्का र अन्य पुरस्कार जितेका थिए ।

कम्पनीले नेपाली समुदायलाई वैधानिक विप्रेषण बढाउने अभियान चलाइरहेको छ । यूएईबासी नेपालीमाझ कम्पनीले सचेतना कार्यक्रम पनि चलाइरहेको छ ।

वैधानिक विप्रेषणतर्फ आकर्षित गर्न श्रमिक लागि ‘विन अ मिलियन’को तेस्रो संस्करणसहितका योजना हरेक वर्ष लिएर आउने गरेको इन्डेक्स एक्स्चेन्जका कार्याकारी प्रमुख सैयेद अब्दुस सलामले जानकारी दिए ।

इन्डेक्स एक्स्चेन्जले नेपाल र यूएईबासी नेपालीलाई प्राथमिकतामा राखेर हरेक वर्ष यस्ता योजना ल्याउने गरेको प्रमुख ब्यवसाय प्रबन्धक मिरके रसुलले जानकारी दिए ।

यो योजनाको तेस्रो संस्करण, सेप्टेम्बर ११, २०२४ बाट सुरु भएर अक्टोबर ३१, २०२४ सम्म रहने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ३ : ५६ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल