प्रधानमन्त्रीको आरोप- माधव नेपालले पुष्पलाल स्मृति प्रतिष्ठान कब्जा गरे « Khabarhub

प्रधानमन्त्रीको आरोप- माधव नेपालले पुष्पलाल स्मृति प्रतिष्ठान कब्जा गरे


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालमाथि अर्को आरोप लगाएका छन् ।

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले समाजवादी अध्यक्ष नेपालले पुष्पलाल स्मृति प्रतिष्ठान कब्जा गरेको आरोप लगाएका हुन् ।

बुधबार स्वर्गीय सुवासचन्द्र नेम्वाङको प्रथम वार्षिक स्मृति सभालाई सम्बोधन गर्दै उनले अध्यक्ष नेपालले एमालेले बनाएको पुष्पलाल प्रतिष्ठान निजी सम्पत्तिजस्तो गरेको बताएका हुन् ।

पार्टी विभाजनपछि उक्त प्रतिष्ठान एमालेलाई छोड्नुपर्नेमा अहिलेसम्म खाली नगरेको भन्दै उनले असन्तुष्टि जनाए । उनले पुष्पलाल नभएर माधव नेपाल फुटेर गएको टिप्पणी गर्दै प्रतिष्ठान एमालेले नै पाउनुपर्ने जिकिर गरे ।

‘नेताका नाममा प्रतिष्ठान हुने, त्यो प्रतिष्ठान देशका लागि नहुने, पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो । खेलोफड्को गर्दै माधव नेपालजस्ता मान्छेहरू अध्यक्ष भए’, उनले भने, ‘पार्टीलाई त्यो प्रतिष्ठान सरक्क छोड्नुपर्ने ठाउँमा निजी सम्पत्ति जस्तो ठानेर बसे । पुष्पलालजी फुट्नु भएको हो र ? पार्टीबाट माधव नेपाल पो फुटेको हो । पुष्पलाल स्मृति प्रतिष्ठान बोकेर लिएर जाने ?’

उनले स्वर्गीय सुवास नेम्वाङको नाममा नयाँ प्रतिष्ठान बनाउने बताए । नेम्वाङको स्मृतिलाई ताजा राख्न र उनका आदर्श पछ्याउन प्रतिष्ठान आवश्यक रहेको उनले बताए ।

‘उहाँको स्मृतिलाई ताजा राख्न र उहाँको सम्झनामा, उहाँका आदर्श पछ्याएर काम गरिरहन सुवासजीका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्छौं’, उनले भने ।

नेताहरूका नामा खोलिएको प्रतिष्ठान उनीहरूको आशर्द, विचार, उनीहरूले हिँडेको बाटो, आचरण, व्यबहारअनुरुप नयाँ पुस्ता चल्नुपर्ने उनले बताए । अहिले निष्कृय प्रतिष्ठानहरूलाई पनि सक्रिय बनाउने बचन उनले दिए ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ४ : ०७ बजे

सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरुद्ध

किमाथाङ्का (सङ्खुवासभा)– सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि आएको पहिरोबाट

लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर- कोशी प्रदेश प्रहरीले लागूऔषधविरुद्धको महाअभियानअन्तर्गत आज पाँच जनालाई पक्राउ

निजी क्षेत्रले डेढ वर्षमै बनायो प्रसारण लाइन

काठमाडौं– नेपालमा पहिलो पटक निजी क्षेत्रले उच्च क्षमताको २२० केभी प्रसारण

मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व अवस्था, १७ जनाको मृत्यु

दमौली– तनहुँमा पछिल्लो दशकयता चितुवाको आक्रमण मानव–वन्यजन्तु द्वन्द्वको गम्भीर चुनौतीका

सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष योगदान