बेइजिङमा योगेशले भने- चिनियाँ समाजवादको मोडेल सफल छ, हामी सिक्न चाहन्छौँ « Khabarhub

बेइजिङमा योगेशले भने- चिनियाँ समाजवादको मोडेल सफल छ, हामी सिक्न चाहन्छौँ


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले जनताको बहुदलीय जनवाद (जबज)लाई अङ्गीकार गर्दै नेपाल अहिले शान्तिपूर्ण बाटोबाट समाजवादतर्फ अघि बढिरहेको बताएका छन् ।

चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानको आयोजनामा बेइजिङमा भएको १४औँ विश्व समाजवाद फोरमलाई सम्बोधन गर्दै एमाले सचिव भट्टराईले यसो भनेका हुन् ।

‘नेपालमा हामी समाजवादउन्मुख संविधान स्वीकार गर्दै सामाजिक–आर्थिक असमानतालाई सम्बोधन गर्न अघि बढिरहेका छौँ, जसमा प्रमुख राजनीतिक दलहरूको सामूहिक विवेक समावेश छ । जननेता मदन भण्डारीको नेतृत्वमा एमालेले जनताको बहुदलीय जनवादको सिद्धान्त विकास गरेको छ,’ उनले भने, ‘हामी नेपाली अभ्यास र नेपाली भूमिमा मार्क्स्वादको रचनात्मक प्रयोगमा आधारित जबजको मार्गदर्शनसहित शान्तिपूर्ण माध्यमबाट समाजवाद हासिल गर्न चाहन्छौँ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित वर्तमान सरकारले छिमेकीसहित सबै मित्रराष्ट्रको साथ, सहयोग र ऐक्यबद्धताको अपेक्षा गरेको सचिव भट्टराईले बताए ।

उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको रक्षा गर्दै देश र जनताको पक्षमा सम्झौता नगरी आर्थिक समृद्धिका पक्षमा नेपाल जुटिरहेको उल्लेख गरे ।

भट्टराईले पारस्परिक लाभ र भाइचाराको सम्बन्धलाई जोड दिँदै विश्व शान्ति र एकताको पक्षमा नेपाल रहेको स्पष्ट पारे ।

चीनबाट धेरै सिक्न चाहन्छौँ

सचिव भट्टराईले चिनियाँ समाजवादको मोडेल सफल रहेको भन्दै चीनबाट अझ धेरै कुरा सिक्न चाहेको बताए ।

‘चिनियाँ समाजवादको मोडेल सफल छ । हामी चीनबाट अझ धेरै कुरा सिक्न चाहन्छौँ । म तपाईं चिनियाँ कमरेडहरूलाई चिनियाँ कम्युनिस्ट पार्टी र राष्ट्रपति सी जिनपिङको नेतृत्वमा हासिल गरेको ठूला सफलताका लागि धन्यवाद दिन चाहन्छु’, उनले भने ।

दुवैतर्फ समृद्ध छिमेकी रहेको बताउँदै उनले नेपालले सकेसम्म फाइदा लिने उल्लेख गरे । ‘नेपाल भू–राजनीतिक रूपमा संसारका पहिलो र दोस्रो जनसङ्ख्या भएका देश चीन र भारतको बीचमा छ’, उनले भने, ‘चीन तीव्र रूपमा समृद्धितर्फ अघि बढिरहेको छ । हामी यो अवसरलाई नेपाली जनताको समृद्धि र खुसीका पक्षमा उपयोग गर्न चाहन्छौँ ।’

सचिव भट्टराईले नेपालले सन् २०१७ मा समृद्धि र विकासको अपेक्षासहित बिआरआईमा हस्ताक्षर गरेको उल्लेख गर्दै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बाट ठोस लाभ प्राप्त गर्नेमा आशावादी रहेको बताए ।

समाजवादी देशबीच सहयोग अपरिहार्य

सचिव भट्टराईले मानव सभ्यता र पृथ्वीलाई जोगाउन समाजवादी देशहरूबीच सहयोग अपरिहार्य रहेको धारणा राखे ।

‘समाजवादी देशहरूको सङ्ख्या कम छ, वित्तीय रूपमा त्यति सबल छैनन् । यस्तो अवस्थामा समाजवादी मुलुकहरूका बीच सहयोग र सहकार्य आवश्यक छ’, उनले भने ।

बेइजिङमा जारी १४औँ विश्व समाजवाद फोरममा ३० देशका कम्युनिष्ट नेता, मार्क्सवादी बुद्धिजीवी, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता गरी १५० भन्दा बढी प्रतिनिधि सहभागी छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ४ : ४३ बजे

मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत भेटिए

कास्की– मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्युपोइन्ट’बाट गत वैशाख ३०

सिंहदरबारमा गाभिएका मन्त्रालयको नाम परिवर्तन सुरु, अब १८ मन्त्रालय मात्रै

काठमाडौं – सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले दिगो तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सुझाव

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली– नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस इतिहासकै

गगनले मनोनयन गरेका कांग्रेस कार्यसमिति सदस्य के भन्छन् ?

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २८ वैशाखमा थप १९