रफाहमा हमासका नेताको मृत्यु भएको इजरायली सेनाको दाबी | Khabarhub Khabarhub

रफाहमा हमासका नेताको मृत्यु भएको इजरायली सेनाको दाबी


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

गाजा– इजरायली सेनाले मंगलबार दक्षिणी गाजा पट्टीको रफाह सहरमा हमासको तेल अल–सुल्तान बटालियनका कमान्डर महमुद हमदानको मृत्यु भएको दावी गरेको छ ।

ड्रोन निगरानीको माध्यमबाट हमास सेलहरू पत्ता लगाई इजरायली वायु सेनाले आक्रमण गरी छापामार्ने क्रममा हमदान, बटालियनका तीन अतिरिक्त कम्पनी कमान्डरहरूसँगै मारिएको इजरायली सैन्य प्रवक्ता अविचे अद्राईले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।  

गत अक्टोबरमा रफाहमा इजरायली सेनामाथि आक्रमण र अन्य कारबाहीको योजना बनाउन महत्वपूर्ण भूमिका खेलेको हामदानले बताएका छन् । 

बटालियनको नेतृत्व तह र यससँग सम्बन्धित दर्जनौँ अन्यलाई हटाइएको अद्राईले घोषणा गरेका छन् ।

यस विषयमा हमासको पक्षबाट भने हालसम्म कुनै टिप्पणी आएको छैन । अद्राईले लडाकु विमानले मध्य गाजाको अल–बुरेज क्षेत्रमा पहिले मस्जिद भएको भवनमा लुकेको ‘कमान्ड एण्ड कन्ट्रोल कम्प्लेक्स’भित्र हमाससम्बद्ध समूहलाई लक्षित गरी आक्रमण गरेको बताएका छन् ।

हाल उक्त मस्जिद परिसर इजरायली सेनाविरुद्ध आक्रमणको योजना बनाई कार्यान्वयन गर्न प्रयोग गरिएकोसमेत उनले बताएका छन् ।  

यसैबीच, प्यालेस्टिनी सुरक्षा तथा चिकित्सा स्रोतले इजरायली लडाकु विमानले अल–फारुक मस्जिद र अल–बुरेज शरणार्थी शिविरको युवा क्लबलाई  पनि लक्षित गरी आक्रमण गरेको जनाएको छ । 

चिकित्सा स्रोतले हवाई आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएको जनाएको छ ।  

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ४ : ५९ बजे

कांग्रेसको नजरमा आलम : लोकतन्त्रका लागि लडे, पटक पटक जेल जीवन बिताए

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री तथा

मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावलीमा

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस– सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक

मेलम्ची संघर्ष समिति गुनासो : काठमाडौंबासीले खानेपानी पाउँदा हामीले केही पाएनौँ, मुहानको ताला खोल्दैनौँ

सिन्धुपाल्चोक, हेलम्बु- मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले माग पूरा नभएकाले

एनपीएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनरको रूपमा जोडियो ओमोडा एन्ड जेइको !

काठमाडौं– ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल प्रिमियर लिग