प्रतिनिधिसभाको अर्को बैठक भदौ ३० गते बस्ने | Khabarhub Khabarhub

प्रतिनिधिसभाको अर्को बैठक भदौ ३० गते बस्ने


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ३० गते बस्ने भएको छ । उक्त बैठक सो दिन दिउँसो १ बजे बस्नेछ ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुबीच ‘हिंसा’ शब्दको पक्षविपक्षमा भएका बहसले आजको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको यही भदौ १२ गतेको बैठकमा नेकपा (एमाले) का सांसद योगेश भट्टराईले नेकपा (माओवादी केन्द्र) को तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा हिंसा भएको उल्लेख गरेका थिए ।

सो बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसदहरुले त्यसप्रति आपत्ति प्रकट गर्दै संसद्को रेकर्डबाट उक्त शब्द हटाउन माग गरेका थिए । सभामुख देवराज घिमिरेले हिंसा शब्दका बारेमा अध्ययन गर्न संघीय संसद् सचिवालयलाई निर्देशन दिएका थिए । उनले आजको बैठकमा हिंसा शब्द असंसदीय नरहेकाले रेकर्डबाट हटाउन नपर्ने सदनलाई जानकारी गराएका थिए । 

सो लगत्तै माओवादी केन्द्रका सांसदहरुले संविधानविपरीत हिंसा शब्द प्रयोग गर्न दिएको भन्दै आसनबाट उठेर विरोध जनाए । सभामुखले समय दिएपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र सांसद देवेन्द्र पौडेलले हिंसा शब्दको प्रयोगले माओवादीको सशस्त्र द्वन्द्वलाई होच्याउने काम गरेको भन्दै आपत्ति प्रकट गरे ।

त्यसैगरी, नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौला र सांसद रघुजी पन्तले हिंसा शब्द कुनै व्यक्‍तिप्रति लक्षित नगरिएको र सशस्त्र द्वन्द्वका क्रममा भएका जघन्य तथा अमानवीय क्रियाकलापप्रति लक्षित रहेको स्पष्ट पारेका पारे। 

बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरू उभिएर विरोध जनाइरहेपछि सभामुख घिमिरेले बैठकमा कार्यसूची अघि बढाउन पटकपटक आग्रह गरे । सभामुखले आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसदहरू उभिरहेपछि आजको बैठक स्थगित गरिएको हो । 

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ५ : ०४ बजे

तापक्रम नियन्त्रणमा राख्ने बाचा असफल भयो :महासचिव गुटेर्रेस

बेलेम – विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने

राजस्व कार्यालय धरानका अधिकृतविरुद्ध मुद्दा दायर, १ करोड २३ लाख भ्रष्टाचार गरेको आरोप

काठमाडौँ– आर्थिक अनियमितताको आरोपमा आन्तरिक राजस्व कार्यालय, धरानका कर अधिकृत

१९ उपसचिव र ८ अधिकृतको सरुवा, धेरैलाई नगरपालिकामा खटाइयो

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १९ उपसचिव र

माधव नेपाल भन्छन्ः कम्युनिष्ट आन्दोलन ध्रुवीकरण अहिलेको आवश्यकता हो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

सशस्त्र प्रहरीमा कडाइ, बाहिरी भेटघाट गर्नुपरे स्वीकृती लिनै पर्ने

काठमाडौं- सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ