रामहरि खतिवडाको तर्क- सभामुखको रुलिङ मान्दिनँ भन्न पाइँदैन « Khabarhub

रामहरि खतिवडाको तर्क- सभामुखको रुलिङ मान्दिनँ भन्न पाइँदैन


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सभामुखको रुलिङलाई मान्दिन भन्न नमिल्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले सभामुखको रुलिङमा आपति भए लिखित जानकारी गराउन सक्ने व्यवस्था रहेको बताए । तर उनले सभामुखको रुलिङ मान्दिनँ भन्न नमिल्ने बताएका हुन् ।

माओवादी सरकारबाट बाहिरिनुपर्दाको केही असर सदनमा समेत देखिएको भन्दै साना-साना कुरामा अल्झिन नहुने खतिवडाले बताए । सहमतिबाट सबै समस्याको समाधान हुनुपर्नेमा उनले जोड दिए ।

त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले दुई दलको विवादले सदन अवरुद्ध हुनु राम्रो कुरा नभएको बताए।

सशस्त्र द्वन्द्वका क्रममा भएका राम्रा-नराम्रा काम स्वीकार गर्दै अहिलेको अवस्थमा आइपुगेको भन्दै उनले शान्तिप्रक्रियालाई सहज रुपमा निष्कर्षमा पुर्‍याउनुपर्ने बताए ।

हिंसा शव्दलाई लिएर राजनीतिक पार्टीहरूले बखेडा खडा गर्न नहुने उनले बताएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ५ : १९ बजे

गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

बागलुङ– एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोनक

कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता

कर्णाली– कर्णाली प्रदेश सरकारसहित सरोकार भएकाहरूले प्रदेशको विकासका लागि पाँच

दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै : सन्दीपको बलिङलाई कसले रोक्ने ?

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स

मनोनयन दर्ता गर्दा उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने

काठमाडौं – अब निर्वाचन अगाडि मनोनयन पदत्र दर्ता गर्दा उम्मेदवारले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर