सर्वोच्चको अन्तरिम आदेशले रोकियो अनलाइनबाट कम्पनी दर्ता प्रक्रिया « Khabarhub

सर्वोच्चको अन्तरिम आदेशले रोकियो अनलाइनबाट कम्पनी दर्ता प्रक्रिया


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण अनलाइन प्रणालीबाट कम्पनी दर्ता गर्ने प्रक्रिया बन्द भएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश बमोजिम अनलाईन प्रक्रियाबाट कम्पनी दर्ता गर्ने प्रक्रिया अर्को आदेश नभएसम्मको लागि स्थगित भएको उल्लेख गरेको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयको गत असार १९, साउन १७, भदौ ९ र भदौ १६ गतेको सूचना बमोजिम हुन लागेको सम्पूर्ण काम कारबाही तथा पत्राचार गर्न जारी गरेको अन्तरिम आदेशको टुंगो नलागेसम्म स्थगित गर्न सूचना जारी गरेकाले उक्त कार्य रोकिएको कार्यालयले जनाएको छ ।

सफ्टवेयर कार्यान्वयन प्रक्रियालाई यथाअवस्थमा रोक्न भन्दै सर्वोच्चले भदौ १८ गते अन्तरिम आदेश दिएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ५ : ३० बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप