एकीकृत समाजवादी उपसभामुख रानाको पक्षमा उभिने « Khabarhub

एकीकृत समाजवादी उपसभामुख रानाको पक्षमा उभिने


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने सत्तारुढ दलको निर्णयको विपक्षमा उभिने निर्णय गरेको छ ।

बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी समिति बैठकले संसद्‍मा उपसभामुख रानाको पक्षमा उभिने निर्णय गरेको हो ।

उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन केही युवालाई भिसाका लागि अन्तर्वार्ताको सहजीकरण गरिदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।

१९ महिनाअघि लेखिएको उक्त पत्रका कारण सत्तारुढ दलले रानालाई फेरि घेरेका छन् । बुधबारको संसद् बैठकमा सत्तारुढ सांसदहरूले रानालाई मार्ग प्रशस्त गर्न भनेका छन् ।

तर माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले भने रानालाई नियतवश हटाउन खोजिएको भन्दै चर्को विरोध गरेका छन् । यदि रानाले राजीनामा नदिए संसद्मा दुईतिहाइ जुटाएर उनलाई हटाउने तयारी सत्तारुढ दलले गरेका छन् ।

यस्तोमा माओवादी, रास्वपा, एकीकृत समाजवादीसहितका साना दल रानाको पक्षमा उभिएका छन् । केही दिनभित्र राजीनामा नदिएमा रानालाई हटाउने अन्तिम तयारीस्वरुप कांग्रेस-एमालेले हस्ताक्षर पनि जुटाइसकेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ७ : ४१ बजे

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।

जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानका लागि अघि बढौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘सुपर एल निनो’को

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौं– प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो