ताँजकोट गाउँपालिकामा गर्भवतीसँग ‘स्वास्थ्य शिक्षा कार्यक्रम’ | Khabarhub Khabarhub

ताँजकोट गाउँपालिकामा गर्भवतीसँग ‘स्वास्थ्य शिक्षा कार्यक्रम’


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

हुम्ला – हुम्लाको ताँजकोट गाउँपालिकाले सुरक्षित प्रसूति सेवा, सुत्केरीको स्याहारसुसार र बच्चाको हेरचाहमा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य शिक्षासम्बन्धी विभिन्न कार्यक्रम गरिरहेको छ ।

गाउँपालिका अध्यक्ष लाकेश जैसीले कार्यक्रमअन्तर्गत यहाँका गर्भवती, सुत्केरी र नवजात शिशुको हेरचाहका लागि जनचेतना अभिवृद्धि गर्न विभिन्न गतिविधि भइरहेका बताए । उनले पालिकाका प्रत्येक वडामा रहेका प्रत्येक विद्यालयमा पोषण र व्यक्तिगत सरसफाइसम्बन्धी कार्यक्रमसमेत सँगसँगै अगाडि बढाइएको उनले जानकारीदिए ।

“हामीले सुरक्षित प्रसूति सेवा, सुत्केरीको स्याहारसुसार र बच्चाको हेरचाहमा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य शिक्षासम्बन्धी विभिन्न कार्यक्रम गरिरहेका छौँ । वर्षायाममा पनि विभिन्न सचेतनामूलक कार्यक्रमका लागि स्वास्थ्यकर्मी गाउँटोलमा परिचालन गरेर निरन्तर काम गरियो”, अध्यक्ष जैसीले भने ।

यसै क्रममा पालिकाको स्वास्थ्य शाखाले वडा नं २, ३ र ४ मा रहेका ५४ जना गर्भवती आमासँग छलफल गरेको छ । गाउँपालिकामा रहेका तीन वडाका ५४ गर्भवतीलाई गर्भावस्था, सुत्केरी र सुत्केरीपछिको अवस्थासम्बन्धी के–कस्ता समस्या आउन सक्छन् भन्ने विषयमा जानकारी दिन आज स्वास्थ्य शिक्षा कार्यक्रम आयोजना गरिएको शाखा प्रमुख धनराज ढकालले जानकारी दिए ।

“सुरक्षित संस्थागत प्रसूति, आमा र बच्चाको स्वास्थ्य, पोषण, सरसफाइ खोपसम्बन्धी जानकारी दिन आज पनि स्वास्थ्य शिक्षा कार्यक्रम ग र्‍यौँ। त्यसक्रममा गर्भवतीको स्वास्थ्य स्थिति र गर्भमा रहेको बच्चाको वृद्धि, विकासको अवस्थाबारे जानकारी लिन स्वास्थ्य संस्था वा अस्पताल गई दक्ष स्वास्थ्यकर्मीबाट नियमित कम्तीमा आठपटक गर्भ जाँच, पोषण, गर्भावस्थामा सहयोग, प्रशस्त आराम गर्नुपर्नेलगायत विषयमा जानकारी गराइएको थियो । पालिकाको यस अभियानले पछिल्लो समय घरमै प्रसूति सुत्केरी गराउनेको सङ्ख्या विस्तारै घट्दै गएको छ”, उनले भने।

यस्तै आज वडा नं ३ मा रहेको रामदेव आधारभूत विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र श्याङ्कुले जानकारी दिए ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ८ : ४९ बजे

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

गुल्मी– लगातार वर्षाको कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर र मदनभण्डारी

कटारी अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क

उदयपुर– कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग (ओपीडी) सेवा निःशुल्क

जहाँ बाँस त्यहाँ जीवन

धन र सम्पत्ति घरमै झोलामा,बाँसको डोलामा लान्छन् खोलामा।प्रस्तुत गीतको नेपाली

‘मन बिनाको धन’सँग जुध्न पुग्यो ‘जारी २’, ‘सोल्टिनी’लाई भने राहत

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध