मलेसिया प्रहरीद्वारा हेरचाह गृहबाट ४०० बालबालिकाको उद्धार « Khabarhub

मलेसिया प्रहरीद्वारा हेरचाह गृहबाट ४०० बालबालिकाको उद्धार


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर – मलेसियाली अधिकारीहरूले ठूलो मात्रामा छापा मारेर बालबालिका हेरचाह गृहहरूबाट सयौँ बालबालिकाको उद्धार गरेको र धेरै मानिसलाई गिरफ्तार गरेको प्रहरीले बुधबार बताएको छ । ती गृहहरूमा बालबालिकामाथि कथित रूपमा शारीरिक तथा यौन दुर्व्यवहार गरिएको थियो ।

प्रहरी महानिरीक्षक रजारुद्दिन हुसेनले बुधबार सेलाङ्गोर र नेग्री सेम्बिलान राज्यमा विभिन्न परोपकारी घरहरूमा छापा मार्दा एकदेखि १७ वर्ष उमेरका चार सय दुई बालबालिकाको उद्धार गरिएको जानकारी दिए ।

बिहानै छापा मार्दा प्रहरी र अन्य एजेन्सीका करिब एक हजार कर्मचारी सहभागी थिए । महानिरीक्षक रजारुद्दिनका अनुसार इस्लामिक धार्मिक शिक्षक र कल्याणकारी घरहरूको हेरचाह गर्नेसहित एक सय ७० जनालाई पक्राउ गरिएको छ ।

हेरचाह गर्नेहरूले पीडितहरूमाथि यौन दुर्व्यवहार गरेको र अन्य बालबालिकालाई दुर्व्यवहार गर्न बाध्य पारेको प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको रजारुद्दिनले पहाङ राज्यमा पत्रकार सम्मेलनमा बताए ।

“बिरामीहरूलाई उनीहरूको अवस्था नाजुक नभएसम्म क्लिनिकमा उपचार गर्न अनुमति दिइएन”, उनले भने । उनका अनुसार पाँच वर्षसम्मका केही बालबालिकालाई तातो चम्चाले पनि डामिएको थियो ।

बालबालिकालाई अस्थायी रूपमा राजधानी क्वालालम्पुरस्थित एक प्रहरी प्रशिक्षण केन्द्रमा राखिने र उनीहरूको स्वास्थ्य परीक्षण गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ९ : ०१ बजे

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक