केदार कार्कीले तोडे अनसन « Khabarhub

केदार कार्कीले तोडे अनसन


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीको आमरण अनसन तोडिएको छ । उनले उठाएका माग पूरा गर्न‌ कोशी सरकार तयार भएपछि विराटनगर–६ निवासी निर्मला शर्माका ४२ दिनको शिशुको हातबाट जुस पिएर कार्कीले अनसन तोडेका हुन् ।

सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर र आन्तरिक मामिला तथा कानुन मन्त्री लीला वल्लभ अधिकारी वार्ता स्थलमा आएका थिए । मन्त्री अधिकारीले भने, ‘कार्कीले उठाएका माग पुरा गर्न सरकार सकारात्मक छ ।’

पूर्व मुख्यमन्त्री कार्कीले सरकार आफ्ना माग पूरा गर्न सहमति भएकोले अनसन तोडेको बताए ।जनप्रिय कार्यक्रमहरु कटौती भएको भन्दै कार्कीले मंगलबारबाट कोसी प्रदेश सभा नजिकै देवकोटा चोकमा आमरण अनसन शुरु गरेका थिए ।‌

प्रदेश सरकार र कार्की पक्षका प्रतिनिधिबीच बुधबार साँझ विराटनगरमा भएको वार्तामा माग पूरा गर्ने विषयमा सहमति जुटेको थियो । वार्तामा सहभागी नेपाली कांग्रेस विराटनगर महानगर कमिटीका सभापति दीपक चापागाईले कार्कीले उठाएका माग सम्बोधन गर्न कोसी प्रदेश सरकार सहमत भएको जानकारी दिए।‌

वार्ताको नेतृत्व मुख्यमन्त्री हिक्मत कार्कीले गरेको र उठेका माग सम्वोधन गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

पूर्व मुख्यमन्त्री कार्कीले कोशी सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेन्दार विद्यार्थीलाई दिने छात्रवृत्ति हटाएको, महिला स्वयं सेविकाको प्रोत्साहन भत्ता रोकेको, सुकुम्वासीलाई जग्गा खरिद गर्दा दिने बैंक ब्याज अनुदान सम्बन्धी व्यवस्था बजेटमै कटौती गरेको आदि विषयमा विरोध जनाउँदै कार्कीले आमरण अनसन शुरु गर्नुपरेको बताएका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ९ : ४४ बजे

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

काठमाडौं – स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर – बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको