सौर्य ऊर्जाको विकास र उत्पादनमा प्रजातान्त्रीकरण आवश्यक : मोदी « Khabarhub

सौर्य ऊर्जाको विकास र उत्पादनमा प्रजातान्त्रीकरण आवश्यक : मोदी


२६ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सौर्य ऊर्जाको विकास र उत्पादनलाई प्रजातान्त्रीकरण गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय सौर्य महोत्सवको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले विकासशील मुलुकलाई सहयोग गर्नका लागि पनि सौयै ऊर्जाको प्रजातान्त्रीकरण हुनुपर्ने उल्लेख गरेका हुन् ।

अन्तर्राष्ट्रिय सौर्य साझेदारीले आयोजना गरेको सम्मेलनले कार्बन तटस्थ भविष्यका लागि सौर्य ऊर्जाको महत्वलाई प्रकाश पार्ने अपेक्षा गरिएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले विश्वमा हरित ऊर्जाको लगानीमा असमानता रहेको बताउँदै यसको सम्बोधन आवश्यक रहेको बताए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उनले सौर्य तथा हरित ऊर्जाको विकासमा विकासशील र अतिकम विकसित मुलुकलाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिए ।

सम्मेलनमा भारतका नवीन तथा नवीकरणीय ऊर्जामन्त्री प्रल्हाद जोशीले हरित ऊर्जा पहलमा भारतको सदैव साथ रहने उल्लेख गरे ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  १० : ०८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको