सौर्य ऊर्जाको विकास र उत्पादनमा प्रजातान्त्रीकरण आवश्यक : मोदी « Khabarhub

सौर्य ऊर्जाको विकास र उत्पादनमा प्रजातान्त्रीकरण आवश्यक : मोदी


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सौर्य ऊर्जाको विकास र उत्पादनलाई प्रजातान्त्रीकरण गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय सौर्य महोत्सवको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले विकासशील मुलुकलाई सहयोग गर्नका लागि पनि सौयै ऊर्जाको प्रजातान्त्रीकरण हुनुपर्ने उल्लेख गरेका हुन् ।

अन्तर्राष्ट्रिय सौर्य साझेदारीले आयोजना गरेको सम्मेलनले कार्बन तटस्थ भविष्यका लागि सौर्य ऊर्जाको महत्वलाई प्रकाश पार्ने अपेक्षा गरिएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले विश्वमा हरित ऊर्जाको लगानीमा असमानता रहेको बताउँदै यसको सम्बोधन आवश्यक रहेको बताए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उनले सौर्य तथा हरित ऊर्जाको विकासमा विकासशील र अतिकम विकसित मुलुकलाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिए ।

सम्मेलनमा भारतका नवीन तथा नवीकरणीय ऊर्जामन्त्री प्रल्हाद जोशीले हरित ऊर्जा पहलमा भारतको सदैव साथ रहने उल्लेख गरे ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १० : ०८ बजे

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्