दीपक कोइरालालाई प्रश्न : यो दशैँमा बिदा पाउनुभयो ? | Khabarhub Khabarhub

दीपक कोइरालालाई प्रश्न : यो दशैँमा बिदा पाउनुभयो ?


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दसैंबारे अनगिन्ती गीत बनेका छन् । केही गीत यस्ता छन्– जुन बज्न थालेपछि हामीलाई दसैंको महसुस हुन्छ । अर्थात् ‘फेस्टिभ मुड’ ल्याउने गीत हामीले सदियौंदेखि सुन्दै आएका छौं ।
त्यही मध्येको एक गीत हो– सशस्त्र प्रहरीको गीत ‘धानकै बाला झुलौला’ ।

सो गीतको भिडियोको प्रमुख भूमिकामा दीपक कोइराला छन् । उनी वरिष्ठ हवल्दारको भूमिकामा छन् ।

पहिला टेलिभिजनको जमाना होस् या अहिले सामाजिक सञ्जालको यो गीतले उतिकै स्थान पाएको पाइन्छ । अहिले यो गीतका बारेमा सामाजिक सञ्जालमा मिम (जोक) बन्ने गरेको छ जसमा दीपककै तस्बिर प्रयोग हुन्छ ।

केही मिम यस्ता हुन्छन् :

‘यो दाइले यसपालि बिदा पाए कि पाएनन् ?’

‘योपटक चाहिँ यी दाइले बिदा पाउनु नै पर्छ ।’

‘यो दाइले यो पटक पनि बिदा पाएनन्, दसैं नै खल्लो हुने भयो ।’

‘मेरो हजुरआमालाई यो दाइले बिदा पाएको हेर्ने अन्तिम इच्छा छ ।’

यी मिमबारे दीपक पनि जानकार छन् । साथीभाइ, परिवार र आफन्तले समेत उनलाई म्यासेजमा यी मिम सेयर गरिरहेका हुन्छन् ।

दीपक भन्छन्, ‘प्रायः कमेन्टहरुमा म इन्जोय गर्छु । केही परिवारसँग बसेर पढ्नै नमिल्ने पनि कमेन्ट आउँछन् । म ती कमेन्टलाई पनि उहाँहरुको अज्ञानता हो भनेर स्वीकार गर्छु ।’


‘यसले पिण्ड खायो होला’, ‘यो कता खाडीमा चौकीदारी गर्दैछ होला’ भन्ने कमेन्ट छोराछोरीले पढेर नरमाइलो मान्ने गरेको पनि अनुभूति उनीसँग छ ।

भन्छन्, ‘छोरा–छोरीले यस्ता कमेन्ट पढ्दा रहेछन् र ममीलाई बाबाको बारेमा यस्तो भनेछन् भनेर सुनाउँदा रहेछन् । मलाई त खासै फरक पर्दैन, उनीहरुलाई नराम्रो लाग्दो रहेछ ।’

यस्ता मिमले दर्शकसामु आफूलाई अध्यावधिक बनाएका कारण पनि उनी खुसी छन् । भन्छन्, ‘मिम नबनेको भए दर्शकले मलाई बिर्सनुहुन्थ्यो । मिमले बिर्सन दिएको छैन । हरेक वर्ष मेरो पुरानो अनुहार मिममा आइरहन्छ ।’

यी त भए मिमका कुरा । दसैंको बिदाबारे दीपकका व्यक्तिगत किस्सा पनि रोचक छ ।

‘म बर्दी, रातो टीका र जमरा लगाएर फिल्डमा निस्कँदा बूढाबूढा बा–आमाले चिन्नुहुन्छ । उहाँहरुलाई यसले साँच्चिकै दशैंमा बिदा पनि पाएको छैन र पीडामा छ भन्ने लाग्दोरहेछ,’ दीपक सुनाउँछन्, ‘अनि उहाँहरुले सहानुभूति देखाउनुहुन्छ र सुम्सुम्याउँदै भन्नुहुन्छ, मेरो बाबा तिमी यसपालि पनि घर जान पाएनौं है !’
गीतको कुरा

‘वर्षमा दिनको यो बडादसै कमेरो लाइएन
देश र जनता भन्दामा भन्दै घर जान पाइएन’

यो गीत उनले सुरक्षा सेवामा रहेर बिदा नपाएको अनि श्रीमती र छोराछोरीले घरमा दसैंका लागि कुरिरहेको शब्द बुनेका छन् । साथै उनले गीतमा छोराले बिदा नपाएका कारण दसैंमा घर नआउँदा आमालाई नरुन आग्रह गरेका छन् ।

यो गीतको शब्द मात्रै होइन, भिडियो पनि भावुक बनाउने खालको छ । सोही कारण आजको दिनमा पनि यसको चर्चा हुन्छ ।

यो पूरा गीतमा दीपकको मात्रै स्वर छैन । शब्द भने उनी स्वयंको हो ।

यो गीतको छायांकन हुँदा दीपक सईको जिम्मेवारीमा थिए । भडियोमा वरिष्ठ हवल्दारको भूमिका देखिनुको कारणबारे उनी भन्छन्, ‘ गीतमा अटाएका मानवीय संगठनका सबै पदाधिकारीमा हुन्छ । म माथिल्लो दर्जामा बसेर घर जान पाइनँ भनेर दर्शकसँग याचना गर्न पदीय मर्यादाले दिँदैन ।’

उपल्लो दर्जाको राष्ट्र सेवकमा अरुलाई सम्झाउने पदीय र नैतिक जिम्मेवारी हुने उनको बुझाइ छ । उनी थप्छन्, ‘माथिल्लो दर्जाको सेवक जिम्मेवारीमा बसेर मलाई गीतमा जसरी दर्शक र जनतासामु याचना गर्ने अधिकार छैन । त्यही भएर मैले हवल्दारको फुली लगाएको हुँ ।’

को हुन् त दीपक ?

दीपक वर्तमानमा सशस्त्र प्रहरीका डीएसपी हुन् । हाल उनी केन्द्रीय कार्यालय हलचोकमा सांस्कृतिक शाखाको जिम्मेवारीमा छन् ।

उनी भन्छन्, ‘म मिडियामा धेरै नआउने भएकाले विभिन्न नकारात्मक कमेन्ट आएका होलान् । म सेवामै छु भन्ने थाहा पाएको भए नकारात्मक कमेन्टमा कमी आउँथ्यो कि ?’

उनी एकै संगठनमा दुई पटक नवआगन्तुक भएर सुरक्षा सेवामा लागेको बताउँछन् । भन्छन्, ‘म सेवामै हुँदा खुल्ला प्रतिस्पर्धाबाट इन्सपेक्टरमा भिडेको हुँ । पहिलो पटक ०६० सालमा जागिर भयो । दोस्रो पटक ०६४ सालमा जागिर खाएको हुँ ।’

इन्सपेक्टरको तालिम सकेपछि पत्रकारिता अध्ययन गरेका कारण श्रव्य–दृश्य शाखामा जिम्मेवारीले पाएकाले गीत, भिडियो र टेलिसिरियमा काम गर्ने अवसर जुरेको उनी सुनाउँछन् ।

दीपकले गाएका करिब दर्जन गीत युट्युबमा छन् । उनी भन्छन्, ‘दशैंछेक प्रशारण हुने टेलिसिरियलको बीचमा राख्न मैले दशैं गीत लेखेको हुँ । त्यसैले मलाई धेरै दर्शकमाझ परिचित गरायो ।’

बुवाका कारण सुरक्षा सेवामा

दीपकको पुर्ख्यौली घर दोलखा हो । उनी सानो छँदा बुवा नेपाली सेनामा कार्यरत थिए ।

कोइराला दम्पतीको चौथो सन्तान हुन् दीपक । उनी सानै छँदा आमा बिरामी परेर उपचारका लागि काठमाडौं आइराख्नुपर्ने भएका बाध्यताबस उनी सहरमै हुर्कन पाए ।

उनी भन्छन्, ‘एक दिदीको विवाह भएको थियो । आमा उपचारका लागि काठमाडौं आउनुपर्ने, हामी साना केटाकेटीलाई घरमा छोड्न नमिल्ने भयो । त्यसपछि बुवाले हामीलाई पनि यतै ल्याउनुभयो ।’

दीपकले दोलखामा कक्षा एक पढे । दुई र तीन कोटेश्वरस्थित सरस्वती माविमा पढे । चारदेखि एसएलसीसम्म उनले मध्यबानेश्वरको रत्नराज्य विद्यालयमा पढे ।

भन्छन्, ‘म पढ्नमा राम्रै थिएँ । गीत संगीतमा पनि लगाभ थियो । विभिन्न नाटकहरुमा अभिनय गर्थेँ ।’ पत्रपत्रिका र रेडियोमा नाम आउने लोभले साहित्यतिर झुवाक बढेको उनी सुनाउँछन् ।

भन्छन्, ‘नामकै लाभले गीत कथा, कविता, गजलहरु लेख्न थालियो । यसरी सुरु भयो । पछि यतै झुकाव भयो ।’

आईएमा साइन्स पढ्न अस्कलमा भर्ना भएँ । तर पत्रकार बन्ने योजनाले एक महिनामै अस्कलको पढाइ छाडेर पत्रकारिता पढ्न रत्नराज्यलक्ष्मी क्याम्पस भर्ना भएँ ।

उनले केही वर्ष पत्रकारिता पनि गरे । उनी स्मरण गर्छन्, ‘त्यो बेला पत्रकारिता गर्न गाह्रो थियो । आम्दानी पनि न्यून थियो ।’

पत्रकारिताले ज्यान पाल्न सकिँदैन भन्ने महसुस भएपछि उनी नेपाली सेनामा प्रतिस्पर्धा गर्न गए । भन्छन्, ‘बुवा सेनाको जागिरे भएकाले सेनामा प्रतिस्पर्धा गर्न गएको थिएँ ।’

नेपाली सेनामा लिखित कटाए पनि उनको जागिर भएन । नेपाली प्रहरीको प्रतिस्पर्धामा उनी असफल रहे । विसं २०६० सालमा उनलाई सफलता मिल्यो । त्यो सफलता थियो– सशस्त्र प्रहरीको जागिर ।

भन्छन्, ‘मेरो ऊर्जाशील समय नै जागिरमा बित्यो । उमेरहदले दिनेबेला सम्म सेवामा नै रहन्छु ।’

यो दशैँकाे योजना

दीपक यसपालिको दशैँ काठमाडौंको गोठाटारस्थित आफ्नै निवासमा मनाउने योजनामा छन् । तर उनको बिदाको टुंगो छैन ।

भन्छन्, ‘हाम्रो बिदा भन्ने हुँदैन । कुनबेला कता खट्नुपर्छ यो ठेगान छैन । टीका नथापेसम्म बिदा भयो भन्ने ठेगान हुँदैन ।’ भनेपछि यो पटक बिदा पाउने छाटकाट छ ? भन्ने प्रश्नमा दीपक हाँस्दै भन्छन्, ‘टीकाकै दिन थाहा हुन्छ ।’

दीपक भन्छन्, ‘म पढ्नमा राम्रै थिएँ । गीत संगीतमा पनि लगाब थियो । विभिन्न नाटकमा अभिनय गर्थेँ ।’

पत्रपत्रिका र रेडियोमा नाम आउने लोभले साहित्यतिर झुकाक बढेको उनी सुनाउँछन् । भन्छन्, ‘नामकै लाभले गीत कथा, कविता, गजल लेख्न थालियो । पछि यतै झुकाव भयो ।’

आईएमा साइन्स पढ्न उनी अस्कलमा भर्ना भए । तर, पत्रकार बन्ने योजनाले एक महिनामै अस्कलको पढाइ छाडेर पत्रकारिता पढ्न रत्नराज्यलक्ष्मी क्याम्पस भर्ना भए ।

उनले केही वर्ष पत्रकारिता पनि गरे । पत्रकारिताले ज्यान पाल्न सकिँदैन भन्ने महसुस भएपछि उनी नेपाली सेना प्रतिस्पर्धा गर्न गए । उनी स्मरण गर्छन्, ‘त्यो बेला पत्रकारिता गर्न गाह्रो थियो । आम्दानी पनि न्यून थियो । बुवा सेनाको जागिरे भएकाले सेनामा प्रतिस्पर्धा गर्न गएँ ।’

नेपाली सेनामा लिखितको परीक्षा कटाए पनि उनको जागिर भएन । नेपाली प्रहरीको प्रतिस्पर्धामा पनि उनी असफल रहे । तर, विसं ०६० सालमा उनलाई सशस्त्र प्रहरीको जागिरमा सफलता मिल्यो ।

दीपक भन्छन्, ‘मेरो ऊर्जाशील समय नै जागिरमा बित्यो । उमेर हदले दिँदासम्म सेवामा नै रहन्छु ।’
यो दसैंको योजना के छ ?

दीपक यसपालिको दसैं काठमाडौंको गोठाटारस्थित आफ्नै निवासमा मनाउँदैछन् । बिदाबारे प्रश्न गर्दा उनी भन्छन्, ‘हाम्रो बिदा भन्ने हुँदैन । कुनबेला कता खट्नुपर्छ, ठेगान छैन । टीका नथापेसम्म बिदा भयो भन्ने ठेगान हुँदैन ।’

अर्को प्रश्न– उसोभए यो पटक बिदा पाउने छाँटकाँट छैन ?

दीपक हाँस्दै भन्छन्, ‘टीकै दिन थाहा हुन्छ ।’

हेरौं एक दशक पुरानो म्युजिक भिडियो-

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ८ : १५ बजे

शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बङ्गलादेशको आग्रह

एजेन्सी – बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५

धरानमा सङ्गीत जात्रा महोत्सव 

धरान – ‘गीत, सङ्गीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन

अर्थसंक्षेप : २९ अंकले बढ्यो नेप्से, रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादन सुरु

काठमाडौं– आज नेप्से २९ अंकले बढ्यो । उत्तरी रसुवाको टिमुरेस्थित

माओवादीले माग्यो ऋषिकेशको राजीनामा, ऋषिकेशको जवाफ-परीक्षामा समावेश हुन तयार छु

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिका

पर्यटकलाई कुनै पनि समस्या आउन दिनुहुँदैन : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटकलाई