मिल्टन आँधीले अमेरिकामा १६ जनाको मृत्यु « Khabarhub

मिल्टन आँधीले अमेरिकामा १६ जनाको मृत्यु


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

फ्लोरिडा – अमेरिकाको फ्लोरिडा राज्य भएर गएको मिल्टन आँधीका कारण कम्तीमा १६ जनाको ज्यान गएको छ। यो सङ्ख्या अझ बढ्न सक्ने जनाइएको छ। ३० लाख घर र व्यवसायमा अहिले बत्ती छैन। त्यहाँको गभर्नर रोस डेस सान्टिस फ्लोरिडामा केही दिनमा बाढी पनि आउनसक्ने चेतावनी दिएका छन्।

फ्लोरिडाका बासिन्दालाई अहिले सुरक्षित भएर बस्न तथा बाहिर ननिस्कन भनिएको छ। पश्चिम तटीय क्षेत्रमा पानीको वितरण रोकिएको छ। पत्रिका भवनमा क्रेन ठोक्किएको छ।

मेजर लिग बेसबलको रङ्गशालाको छत भत्किएको छ। मिल्टन आँधी अहिले एटलान्टामा गइसकेको छ। तर यसको असर अझै बाँकी छ।

संसारमा मिल्टन आँधी ३ साताको बिचको तेस्रो प्राकृतिक प्रकोप हो। गएको महिना संसारका अन्य धेरै स्थानमा यसै किसिमका समस्या, मेक्सिको, नेपाल र बेलायतमा पनि देखिएको थियो।

जलवायु वैज्ञानिकका अनुसार अहिले वातावरणमा आर्द्रता बढी रहेको छ। यसै कारण भारी वर्षाको कारण संसार नै समस्यामा पर्न सक्छ। यूएस फेडेरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (फेमा)ले दुई ठुला आँधीका कारण भएको क्षतीमा उद्धारका लागि २० अरब अमेरिकी डलर सांसदबाट पास गराएको छ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ६ : २१ बजे

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस

काठमाडौं- आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार

बढ्दो सहरीकरणबीच पर्यटकको रोजाइमा विराट पोखरी

भद्रपुर– बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच शान्त वातावरणको खोजी

बाजुराका दुई स्थानीय तहमा आधारभूत अस्पताल

बाजुरा- बाजुराका नौ स्थानीय तहमध्ये जगन्नाथ र गौमुल गाउँपालिकाले १० शय्याका

रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर