‘टीका लगाउने संस्कार जनजातिको हो’ | Khabarhub Khabarhub

‘टीका लगाउने संस्कार जनजातिको हो’



लामो समय, इतिहास र सभ्यतासँग दशैँ जोडिएको छ। दशैँलाई हिन्दुहरुले महान चाड भन्छन्। तर यो पर्व नेपालीहरुको मौलिक पर्व होइन। झन् दशैँ नेपाली आदिवासीमा छँदै थिएन। मध्यपूर्व एसिया हुँदै नेपालमा पछि प्रवेश गरेको हो। अब आर्यगणहरु भारतमा आए। अफ्रिका हुँदै ल्हासा वर्ष पस्ने जनजाति भए।

जब मंगोल र अहिले भनिने आर्य समूह आए अनि आउँदा आफ्नो संस्कार संस्कृति रहन सहन विकास गरेर भारतीय उत्तरबादी पछि आए। जब भारतीय उपमहादेशमा बस्ने आर्य आए। वेद लेखे। दशैँ खास गरेर भारतबाट आएको हो। पहिलो आर्यहरूको मोठ, मन्दिर, गुम्बा थिएनन्। आर्यहरूले बनाए। हामी लिम्बू हौँ। आर्य पनि प्रकृति पूजक नै हो। चरु पोल्ने, नरबली, पशुबली दिने आर्य संस्कृति हो।

त्यसपछि बली दिने चलन आएपछि बुद्ध धर्म आयो। त्यसपछि हिन्दु धर्महरू लिएकाहरु पनि वौद्ध धर्ममा लागे। विदेशी इतिहासकारले यसरी लेखेका छन्। त्यसपछि हिन्दु धर्मको विरोध भयो। जम्मैतिरका हिन्दुहरु बुद्ध धर्ममा आकर्षित हुन थालेपछि बुद्धका चेलाहरुले बुद्धको मूर्ति बनाउन थाले। हिन्दुका वेद लेख्ने गुरुहरूले भगवानको कल्पना गरेर मूर्ति बनाए। वुद्धलाई अहिले विष्णुको दशौं अवतार भन्छन्। वुद्धलाई मान्छन् उनीहरू। बुद्ध पनि अप्रत्यक्ष ढंगले पुजिएका छन्।

हिन्दु धर्मका पण्डितहरू सिपालु थिए कविता लेख्न। उनीहरु ग्रन्थ लेख्न लागे। द्वन्द्वको परिकल्पना भयो। असुर मार्नुप-यो। असुर बहादुर पुरुषले मार्न सक्दैन भनेपछि दुर्गाको परिकल्पना भयो। भारतमा अहिले पनि विशाल दुर्गाको पूजा हुन्छ।

यसलाई राम मिथक र सीता मिथकमा जोड्यो। रामायणमा रामले त्यसै मार्न सकेनन। दुर्गा भगवतीको उपासन गरेर ९ दिनसम्म चोखोनितो गरेर उपासन गरेपछि १० दिनमा मारेर त्यो खुसीयालीमा टीका लगाएको मिथक बनाए। मिथकले जनमानसमा विश्वास पायो। धर्म कर्म भनेको विश्वास न हो।

दुर्गालाई शक्तिको केन्द्र मानेर दशैँ मनाए। अर्को मिथक मैसासुर भनेको एउटा शक्तिको केन्द्र हो। त्यसलाई ९ वटा दुर्गाले मारेको भन्ने मिथक आउँछ। जब नेपालमा आर्यग्रण आएको कसैले ईसापूर्व ३ सय वर्षअघि भन्छन्। कसैले १ सय दुई सय ईस्वीमा आएको भन्छन्। लेखकपिच्छे एकरूपता छैन। राष्ट्रिय संग्रलयमा अहिले एउटा मूर्ति छ। त्यो १८५ संवतको मूर्ति हो भनेर पत्ता लगाएको छ। त्यसैका आधारमा लगभग लिच्छवी आएको १८५ वर्ष अगाडिबाट हो। हिन्दुको प्रवेश भएपछि दशैँको सन्दर्भ आउँछ।

पश्चिमतिरका खस क्षेत्री, जनजाति पुराना बासिन्दा हुन। उनीहरू आएको कृषि युगबाट हो। अर्थबासी युगबाट नै उनीहरू प्रवेश गरेका छन्। आर्य नेपाल आएको २२, २३ सय वर्ष मात्र भयो। भारत आएको ३ हजार ३५ वर्ष भयो। वौद्ध र हिन्दुबीच लामो समय लडाइँ भयो। अन्तिममा हिन्दुको जित भयो, बुद्ध धर्मको हार भयो।

अब दशैँ कसरी जोडियो भने लिच्चवी वंशी राजाबाट हिन्दु धर्म संस्कृति विकास गरेर मूर्ति पुजकले लिएर आए। उनीहरूले दुर्गा नेपालमा लिएर आएपछि जमरा राख्ने, टीका लगाउने कुरा समावेश गरेका हुन्। तराईतिर पनि दुर्गा मूर्ति बनाउँछन् तर टीका लगाउँदैनन्। भारतमा पनि दुर्गा पूजा हुन्छ तर टीका लगाउँदैनन। दशैँमा टिका लगाउने चलन चाहिँ नेपालमा हिन्दु आएर सुरु भएको हो।

जनजातिमा चाहिँ दशैँ कसरी प्रवेश गरेको हो ?
खास टीका लगाउने चलन जनजातिको हो। ठूलोबाट सानोमा लगाइन्छ। दशैँको टीका लगाउने हैन, अक्षताको टीका लगाउने हो। कहिलेबाट सुरु भयो भने रङ, सिम्रिक पत्ता लगाउनुभन्दा पहिलो हाम्रो सेतो चामलको टीका लगाउने चलन हो। यो प्रकृति पूजकले लगाउने गरिन्छ। तागेरानिङमाफूङ, थेवानिङबा आस्थाको देवी हो। टीका लगाउँदा यिनकै आराधना हुन्छ। टीका शुभ कार्यमा लगाइन्छ। रङ त पछि पत्ता लगाएको हो। दही, चामल मिसाएर सेतो टीका बनाइन्छ। लिम्बूसँग गाई पनि जोडिएको छ। पहिले खाने चलन पनि थियो। गाईसँग याकथुम समुदाय पनि जोडिएको छ। आगोको उत्पत्ति हुनुभन्दा पहिले गोरु जुधेर सिङबाट आगो उत्पत्ति भएको मिथक छ।

हिन्दुको मात्र होइन, गाई गोरुसँग सम्बन्ध छ। कुकुरसँग पनि मान्छे नाङ्गो हुँदै अवस्थामा युमाले तान बुन्न सिकाएर नाङ्गो छाप्ने चलनसँग जोडिन्छ। युमाले तान बुन्दै गर्दा लिम्बु हरू सिकार गर्न कुकुर लिएर सिकार गर्थै। तिहारमा हिन्दुले कुकुर पूजा गर्दा हामीले पनि गर्दा केही फरक पर्दैन। कुकुर हाम्रो साथी हो।

दशैँमा जनजातिमा प्रभाव मगरमा परेको छ। राज्य विस्तारमा पनि उनीहरूको सहयोग छ। विसं १८३१ भन्दा अगाडि अरुण पूर्व सेनराज्यमा थियो। सेनराज्य हुँदा दशैँले लिम्बूमा समुदायमा प्रवेश पायो। सेनकालमा दरबार नजिकले माने होलान। जब लिम्बुवानमा गोरखा प्रवेश गर्यो, त्यहाँदेखि हामीले दशैँ खास मान्न सुरु गरिएको छ। विसं १८४९ मा लिम्बुलाई दशैँमा सरकारले ५ रुपियाँ कर लगायो। त्यो बेला ठुलो रकम हो। त्यो बेला १ मुरीको खेत आउँथ्यो ५ रुपियाँले।

शाहने लिम्बुवानमा आक्रमण गरेपछि जित्न सकेनन्। संवत १०३१ बाट लिम्बुवान गोरखा राज्यमा सम्मिलित भएको हो। त्यहाँबाट दशैँको इतिहास सुरु भयो। पाँचथरमा आङदेम्बेका पुर्खा कुम राय, सिर्जन रायलाई पृथ्वीनारायण शाहले लालमोहर दिए। कसरी लालमोहर दिए भने कर उठाउने, न्याय निसाफ गर्ने जम्मै अधिकार लिम्बू सुब्बालाई दिए। गोरखाली जित्न नसकेपछि फकाएर सबै नीति उपयोग गरेर राष्ट्र एकीकरण गर्ने अभियान पृथ्वीनारायण शाहको थियो। गोरखाले अधिकार कटाउँदै लगेको थियो। उनको निधन भएपछि लिम्बुवानमाथि आक्रमण भयो। १८४२ देखि मौलोमा खसी बोका काट्न थालियो। १८४३ मा गाईको मासु खाने प्रचलन थियो। तर रोक लगाइयो। गाई काट्न दिइएन। बेच्न पनि दिएन।

सुबाङ्गी प्रथा आएपछि दशैँको व्यापक प्रचार प्रसार भयो। त्यसपछि लिम्बूले दशैँ बढी मान्न थाले। क्षेत्री बाहुन भन्दा बढी मान्थे। सुब्बाले दशैँ माने सुबाङगी प्रथामा। लिम्बूलाई दण्ड गर्ने अधिकार थियो। किपटे जग्गा छिन्ती हुँदैन थियो। क्षेत्री, बाहुन कोसेलीमा मासु, केरा, रोटी , कुराउनी, बोका , बोकेर सुब्बाकोमा टीका लगाउन जान्थे। मतवालीले रक्सी मासु अचार लिएर टीका लगाउन जान्थे।

जति धेरै सुब्बा रुचाउन सक्थ्यो, उति धेरै सम्पती हुन्थ्यो। सुब्बालाई खुसी पार्न सके उति सम्पती र इज्जत हुन्थ्यो, केटी पाइन्थ्यो। ५ जना सुब्बा मनाए, ५ वटा खेत पाउने थियो। सुब्बाले दशैँ माने। लिम्बूमा ६५ वटा मुन्धुम छ। कसैमा दशैँ जोडिन्न। आर्थिक र राजनीतिक पक्षसँग दशैँ जोडिन्छ।

निशान छाप अहिले सुब्बा र सेनाले नचाउँछन्। पाँचथरमा पनि याङवरकमा निसान मेला लाग्छ। यो पनि दसैँसँग जोडिएको छ। धनकुटाको ताङखुवामा पनि यो मेला गर्छन्।

निशान छाप अहिले सुब्बा र सेनाले नचाउँछन्। पाँचथरमा पनि याङवरकमा निसान मेला लाग्छ। यो पनि दसैँसँग जोडिएको छ। धनकुटाको ताङखुवामा पनि यो मेला गर्छन्।

लिम्बूले कसरी मनाउँछन् दशैँ ?
दशैँ लिम्बूका धार्मिक र सांस्कृतिक पक्षसँग जोडिएन। आर्थिक र राजनीतिसँग जोडियो । २०२१ सालमा भूमि सुधार लागेपछि ०२३ देखि लिम्बुवानमा लागु भयो। त्यहाँदेखि किपट गयो। २०२५ सालमा ऐन संशोधन गरे किपट जग्गा बिक्री हुन थाल्यो। एक खाले लिम्बूहरूले त्यस बेला देखि नै दसैँ मान्न छाडे। हामीले मानेका थियौँ। त्यसपछि पञ्चायत कालमा ०४७ सालबाट चाहिँ मान्छेहरूले हाम्रो संस्कार संस्कृति हैन रहेछ भनेर इतिहास पढे र दशैँ मान्न छाडे। अहिले केहीले मात्र दशैँ मनाउँछन्, कसैले मनाउँदैनन्। सबैले धर्म, संस्कार र संस्कृतिको सममान गर्नुपर्छ। मनाउन मन लागे मनाउन, मन नलागे नमनाउने गर्नुपर्छ। कसैले कसैलाई निषेध गर्नु हुँदैन। सबैले सम्मान गर्नुपर्छ। नेपाल बहु पहिचानको मुलुक हो।

(इतिहासकार, लेखक तथा ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज पुस्तकका लागि २०७७ सालको मदन पुरस्कार विजेता भगिराज इङ्नामसँग खबरहबकर्मी ज्ञानु घिमिरेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  १० : १७ बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी – गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत