दोस्रो रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई « Khabarhub

दोस्रो रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– विजयादशमीको अवसर पारेर म्याग्दीको बेनी नगरपालिका–२ स्थित रिभरसाइड बगरफाँट युवा क्लबले आयोजना गरेको ‘दोस्रो रिभरसाइड सेभेन ए साइड खुला फुटबल प्रतियोगिता’को उपाधि वान्टेड समूहले जितेको छ ।

बिहीबार सम्पन्न प्रतियोगिताको फाइनलमा वान्टेडको ए समूहले वान्टेड बी समूहलाई १—२ गोल प्रहार गर्दै उपाधि जितेको हो । एउटै क्लबका दुई टिमबीचको खेलसँगै वान्टेड समूहले पहिलो र दोस्रो पुरस्कार क्रमशः एक लाख एक हजार १० रुपैयाँ, द्वितीय पुरस्कार ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताका विजेतालाई वडाध्यक्ष यामबहादुर कार्कीसहित स्थानीय राजनीतिक दलका प्रतिनिधिसहितको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो । असोज १७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ३४ टिम सहभागी भएको सहसचिव सचिन कार्कीले जानकारी दिए ।

प्रतियोगिताको समापनमा क्लबका अध्यक्ष सुनील थापाले पछिल्लो समय बगरफाँटका युवा सङ्गठित भई खेलकुदका साथै अन्य सामाजिक, गाउँलाई पर्यटकीय गाउँ बनाउने अभियानका साथै जनचेतनामूलक काममा सक्रिय भइरहेका बताए ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  १० : ५४ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६