पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या | Khabarhub Khabarhub

पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा हतियारधारी व्यक्तिहरूको समूहले रातभरि गरेको आक्रमणमा २० जना कामदारको गोली हानी हत्या भएको प्रहरीले शुक्रबार जनाएको छ ।

बलुचिस्तानमा पृथकतावादी लडाकु समूहहरूले नियमित रूपमा प्राकृतिक स्रोत निकासी परियोजनाहरूलाई निशाना बनाउदै आएको छ । यो पाकिस्तानको सबैभन्दा गरीब प्रान्त हो ।

आक्रमण भएको डुकी जिल्लाका प्रहरी प्रमुख असिम शफीले भने, ‘राति ४० जना आक्रमणकारीहरूले राति (स्थानिय समय १२ः३० बज) आधा घण्टासम्म खानीमा गोली चलाएका थिए ।’

जिल्लाका एक वरिष्ठ सरकारी अधिकारी कलीमुल्लाह काकरले सात जना घाइते भएको बताए । ‘आक्रमणकारीहरूले घटनास्थलमा रहेको मेसिनरीमा पनि आगो लगाए,’ उनले थपे ।

बलुचिस्तानमा धेरै निकासी योजनाहरू विदेशी देशहरू द्वारा सञ्चालित छन्, उक्त योजनाहरूमा सशस्त्र समूहहरूले आक्रमण गर्दै आएको छ ।

उग्रवादी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले आइतबार राति दक्षिणी कराँचीमा एउटा सवारी साधनको काफिलेमा भएको बम आक्रमणमा दुई चिनियाँ कोइला कारखानाका कामदारको मृत्यु भएको दाबी गरेको छ ।

आतङ्ककारीहरूले बलुचिस्तानमा नियमित रूपमा पाकिस्तानका अन्य ठाउँबाट आएका आप्रवासी कामदारहरूलाई निशाना बनाउँछन् ।
शुक्रबारको आक्रमण चीन र रुसले स्थापना गरेको क्षेत्रीय समूह शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनका सरकार प्रमुखहरूको शिखर सम्मेलनको आयोजना गर्ने केही दिनअघि पाकिस्तानमा भएको हो ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  २ : २८ बजे

चीनमा वृद्धवृद्धाका लागि सहयोगी सेवा सुरु

बेइजिङ– चीनको राजधानी बेइजिङमा ८० वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धा

राष्ट्रपति पौडेलले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको

इजरायललाई हतियार नदिन अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पेनी प्रधानमन्त्रीको आग्रह

एजेन्सी– स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले शुक्रबार भ्याटिकन पोप फ्रान्सिससँगको बैठकपछि

दसैँको बेला ‘कुमारी पूजन’ मिथिलाको विशेष परम्परा

महेन्द्रनगर – मिथिलामा दसैँको बेला गरिने कुमारी पूजनलाई विशेष परम्परा

बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन

खजुरा – प्रसिद्ध शक्तिपीठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा भक्तजनले यक्ष र